अदालतको आदेश लगत्तै एनआरएनए अमेरिकाको निर्वाचन स्थगित

२५ श्रावण २०७४, बुधबार ०१:३० मा प्रकाशित

लसएन्जलस, २५ साउन । गैर आवाशीय नेपाली संघ, (एनआरएनए) राष्ट्रिय समन्वय परिषद अमेरिकाको २०१७-१९ कार्यकालको लागि जारी निर्वाचन टेनेसी अदालतको कारण देखाउ आदेश संगै स्थगित गरिएको छ । निर्वाचन स्थगित गरिएको सूचनामा भनिएको छ, ‘हामीले निर्वाचन कार्यक्रम स्थगित गरेका छौँ । अर्को सूचना छिटै प्रकाशित गर्नेछौँ ।’ संघको अमेरिका स्थित निर्वाचन आयोगले मंगलबार दिउँसो आपतकालीन सूचना जारी गरेर अर्को सूचना नभएसम्मका लागि भन्दै निर्वाचन स्थगित गरेको हो । भर्खरै जारी गरिएको सूचनामा के कारणले निर्वाचन स्थगित गरिएको हो समितिले स्पष्ट जानकारी दिएको छैन । स्मरण रहोस मतदान हुनभन्दा तीन दिन अघि निर्वाचन प्रकृया स्थगित गरिएको हो । यस अघि आफ्नो उम्मेदवारी कायम नगरिएको भन्दै अध्यक्ष पदका प्रत्यासी गौरीराज जोशी र महासचिव उम्मेदवार पूर्ण बानियांले निर्वाचन समितिलाई विपक्षी बनाई मुद्दा दायर गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा ९ हजार ३ सय ५ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने १ सय

काठमाडौं । राष्ट्रिय जनता पार्टीको महन्थ ठाकुर पक्षले राष्ट्रपतिलाई बहुमतीय सरकारमा सहभागी नहुने जानकारी गराएको छ । राजपाका अध्यक्ष महन्थ

काठमाडौं । वाग्मती प्रदेशमा कोरोना सङ्क्रमणका कारण एकै दिनमा ३४ जनाको मृत्यु भएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले सार्वजनिक

काठमाडौं । मुलुकको एक मात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल भएर हुने अन्तरराष्ट्रिय उडानमाथिको प्रतिबन्ध आगामी जेठ १७ गतेसम्म लम्बिएको छ ।