गौरी जोशीको उम्मेदवारी कायम राखी निर्वाचन सम्पन्न गर्नु: एनआरएनए आइसीसी

२५ श्रावण २०७४, बुधबार ०१:१३ मा प्रकाशित

लसएन्जलस, २५ साउन । गैर आवाशीय नेपाली संघ, (एनआरएनए) अन्तराष्ट्रिय समन्वय परिषदको सचिवालयले संघको अमेरिकास्थित राष्ट्रिय समन्वय परिषदको २०१७-१९ कार्यकालका अध्यक्ष उम्मेदवार गौरी जोशीको उम्मेद्वारी कायमगरी निर्वाचन सम्पन्न गर्न क्षेत्रीय संयोजक मार्फत पत्र लेखेको छ । यस अघि अन्तराष्ट्रिय समन्वय परिषदको बैठकले हेमराज शर्माको नेतृत्वमा तीन सदस्य कार्यदल गठन गरेको थियो र उक्त कार्यदलले पेश गरेको प्रतिवेदनलाई अन्तराष्ट्रिय समन्वय परिषदको सचिवालयको बैठकले अनुमोदन गरेको थियो । बैठकले अनुमोदन गरेको निर्णयसहित अन्तराष्ट्रिय समन्वय परिषदका महासचिव डा. बद्री केसीले क्षेत्रीय संयोजक सोनाम लामा र उप-संयोजक एसी शेर्पालाई चौविश घन्टे अल्टिमेटम सहित पत्राचार गरेका हुन् । महासचिव केसीले अगष्ट ७ तारिख सोमवार बसेको आइसीसी सचिवालय बैठकले समितिको प्रतिवेदन अनुमोदन गरेको भन्दै समितिको निष्कर्षलाई कार्यान्वयन गर्न २४ घण्टाको समय दिई क्षेत्रीय संयोजक र उपसंयोजकलाई पत्राचार गरेका छन् । महासचिव केसीले क्षेत्रीय संयोजक लामालाई सम्बोधन गरी २४ घण्टाभित्र कार्यान्वयन गर्न भन्दै प्रेषित गरेको पत्रमा गौरी जोशीको उम्मेद्वारी कायम गर्नुपर्ने मूख्य बुंदाहरुसमत उल्लेख छ । पत्रमा भनिएको छ, ‘गौरिराज जोशीले एनसिसि युएसएको निर्वाचन आयोगमा रितपूर्वक आवश्यक कागजद पेश गरी तोकिएको मितिमा अध्यक्ष पदमा मनोनयन गरेको देखिन आएकोले निजको उम्मेदरवारी कायम राखी निर्वाचन गर्नु पर्ने समितिको ठहर छ ।’

महासचिव डा. बद्रि केसीले सचिवालयको तर्फबाट लेखेको पत्र जस्ताको तस्तै:

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँको धापासीमा रहेको ग्रान्डी अन्तरराष्ट्रिय अस्पतालले अक्सिजनको अभाव भएको भन्दै नयाँ बिरामी भर्ना नलिने भएको छ । अस्पताल प्रशासनले आज

काठमाडौँ । कोरोना संक्रमित पूर्वरानी कोमल शाहलाई आइसीयूबाट वार्डमा सारिएको छ । १८ दिनअघि अस्पताल भर्ना भएकी उनलाई केहीदिनपछि प्लाज्मा

एक महिनाअघि वैदेशिक रोजगारीका क्रममा खाडी मुलुक दुबई पुगेका झापा, कमल गाउँपालिकाका चार युवा अलपत्र परेका छन् । स्थानीय दलालमार्फत

काठमाडौँ । प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई