फुट्यो राप्रपा, १९ नेतालाई कारबाही

२४ श्रावण २०७४, मंगलवार ०९:५१ मा प्रकाशित

काठमाडौँ, २३ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीले सो पार्टी विभाजनमा भूमिका निर्वाह गरेका पदाधिकारी तथा केन्द्रीय सदस्य गरी १९ जनालाई कारबाही गरेको छ । 

यहाँ आज आयोजित केन्द्रीय समितिको बैठकले दीपक बोहरा, सुनिलबहादुर थापा, हरिबहादुर बस्नेत, नवराज सुवेदी, प्रवीण चाम्लिङ, किरण गिरी, वृन्दा गिरी, सगुनसुन्दर लावती, रेशमबहादुर लामा, पदमबहादुर बस्नेत, राजेन्द्रप्रसाद श्रेष्ठ, विष्णुविक्रम थापा, गिरिधर परियार, विन्दु पहाडी, दीपककुमार राई, प्रदीपकुमार राई, बिराजबहादुर विष्ट, वविना मोक्तान लावती र राज्यलक्ष्मी श्रेष्ठलाई कारबाही गरेको हो । उहाँहरुलाई आगामी छ वर्षसम्म पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्काशन गरिएको छ ।
पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा धूम्रबराहीस्थित केन्द्रीय कार्यालयमा आज बसेको बैठकले एकता अधिवेशन भएको छ महिनाभित्र पार्टी विभाजन हुनु दुःखद र दुर्भाग्यपूर्ण रहेको निष्कर्ष निकालेको प्रवक्ता भुवन पाठकले जानकारी दिनुभयो । पार्टी नेता तथा कार्यकर्तालाई विचलित नभईकन बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माणमा जुट्न बैठकले आग्रह गरेको छ । रासस

प्रतिक्रिया
सम्बन्धित खवर

अमेरिकी सिनेटअन्तर्गतको वैदेशिक मामिला समितिमा बुधबार नेपालमा कोरोना भाइरसले पारेको असरका बारेमा छलफल भएको छ । कोभिड–१९ महामारी र अमेरिकाको

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच बिहीबार वार्ता भएको छ ।

पोखरा । गण्डकी प्रदेशसभाका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीले गण्डकी प्रदेशमा गरिएको मुख्यमन्त्रीको नियुक्ति

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त सरकार बनाउन दिएको तीन दिनको म्याद बिहीबार सकिँदै छ। बिहीबार साँझ ९ बजेसम्ममा विपक्षी