हल्लैहल्लामा मायाज बार

२८ असार २०६९, बिहीबार ०३:५५ मा प्रकाशित

राजन घिमिरे, काठमाडौं । दिनेश डीसी के गर्न जान्दैनन् ? उनलाई के गर्न आउँदैन ? जवाफ अनुत्तरित नै छ। किनकि कलाकारिता क्षेत्रका हरेक विधा र पक्षसँग विज्ञ छन् उनी अनि त्यत्तिकै निपुण पनि। सिनेमामा अभिनय गर्छन् उनी। गीत पनि गाउन छोड्दैनन् र टेलिभिजन कार्यक्रम सञ्चालन त उनको विशेषता नै हो भने सिनेमा निर्देशन अर्को बेजोड क्षमता हो उनको।
नेपाली कलाकारिता र मिडियाको भीडमा बहुप्रतिभाशाली व्यक्तित्वको रूपमा परिचय बनाएका डीसी जे गर्छन् चर्चा भइहाल्छ। अहिले उनी चलचित्र ‘मायाज बार’का कारण चर्चामा आएका छन्। एउटै धार, उस्तै विषय र प्रकृतिका सिनेमा बनिरहेको परिवेशमा फरक कथा अनि प्रस्तुति लिएर आएको मायाज बारले हाल चलचित्र बजार गरम भएको छ।
सिर्जनामा कुनै सम्झौता गर्नुहुन्न भन्ने डीसीको सोच अनि उनको सोचलाई साथ दिन अगाडि सरेका निर्माता सुनिल मानन्धरको जोडीले साँच्चै नै मायाज बारलाई गजबको सिनेमाको श्रेणीमा पुर्‍याएको छ। ‘हाम्रा नेपाली चलचित्रका नियमित दर्शकहरू त छँदै छन्। त्यसबाहेक पनि हलिउड र बलिउडका सिनेमा हेर्ने अनि नेपाली सिनेमा हेर्नुपर्‍यो भने मुन्टो बटार्ने दर्शकलाई समेत तान्नेछ यसले,’ डीसी विश्वस्त देखिन्छन्।
यता लामो समयदेखि नेपाली चलचित्रको वितरण क्षेत्रमा एकछत्र राज गर्दै आएका सुनिल मानन्धरले पनि दिल फुकाएर यो चलचित्रमा लगानी गरेका छन्। उनको भनाइ छ यस्तो, ‘यदि मैले यो चलचित्र नबनाईकन वितरण मात्र गरेको भए करिब बीस–पच्चीस फिल्म किन्न सक्थेँ। तर, एउटा राम्रो र गतिलो फिल्म दिऊँ भनेर मायाज बार बनाएको हुँ। मलाई विश्वास छ कि हाम्रो यो सोच र उद्देश्यलाई दर्शकहरूले साथ दिनुहुनेछ।’
यतिबेला चलचित्र ‘मायाज बार’को युनिट चलचित्रको प्रचारप्रसारमा लागिपरेको छ भने काठमाडौंमा साउन १२ र काठमाडौंबाहिर साउन १८ गतेदेखि लाग्दै छ। कलाकारको छनोटमा पनि मायाज बारले सम्झौता गरेको छैन। करिश्मा मानन्धर र निशा अधिकारीको साथमा खोजी प्रतिभाबाट आएका गजित विष्ट नायक भएका छन् यसमा।

प्रतिक्रिया
सम्बन्धित खवर

अभिनेत्री मिया खालिफाले श्रीमानसँग सम्बन्धविच्छेद गरेकी छन् । हालै उनले आफुले सम्बन्धविच्छेद गरेको घोषण गरेकी हुन् । खलिफाले श्रीमानसँग अलग

काठमाडौँ । गायक स्वरूपराज आचार्य र गायिका अस्मिता परियारको आवाजमा रहेको ‘माया गर्ने मान्छे’ बोलको गीत सार्वजनिक भएको छ ।

काठमाडौं । म्युजिक भिडियोमा डेब्यु गरेका अमेरिकाको पेन्सिलभिनिया राज्यको पिटर्सबर्ग निवासी पुर्ण लम्साल अभिनित ‘तिमी छौ र’ बोलको को म्युजिक

अमीषा पटेल अभिनेत्री अमीषा पटेल अभिनेता ऋतिक रोशनको फिल्म ‘कहो ना प्यार है’बाट अभिनयमा डेब्यु गरेकी हुन् । त्यसपछि उनले