सद्भावनाको महासभा तय

२७ असार २०६९, बुधबार २१:२९ मा प्रकाशित

काठमाडौं, २७ असार । सद्भावना पार्टीले ‘राष्ट्रीय समस्याको निकासको लागि सर्वपक्षिय महासभा’ गर्ने बताएको छ । पार्टीको केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी सो पार्टीका अध्यक्ष राजेन्द्र महतोले आगामी २९ र ३० गते राजधानीस्थित नेपाल प्रशासनिक प्रशिशिक्षण प्रतिष्ठान (स्टाफ कलेज) जावलाखेलमा महासभा आयोजना गरिने बताए । अगामी संविधानमा शासकीय स्वरुप, संघीय ढाँचा, न्यायपालिका र निर्वाचन पद्धति के–कस्तो हुनुपर्ने हो भनी तय गर्ने उद्देश्यका साथ आयोजित महासभाले ऐतिहासिक घोषण–पत्र समेत जारी गर्ने जनाइएको छ ।
महासभाको उद्घाटन कार्यक्रममा सबै राजनीतिक दलका अध्यक्षहरुलाई आमन्त्रित गरिएको र महासभामा सबै राजनीतिक दलका प्रतिनिधिमूलक पूर्वसभासद्, नेता, आदिवासी÷जनजाती संघ–संगठनका प्रतिनिधिहरुका साथै महिला, दलित, मुस्लीम, नागरिक समाज, वुद्धिजीवीसमेतको प्रतिनिधित्व हुने जानकारी पनि दिइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

कोरोना भाइरसको सङ्क्रमण आज एकै दिन तीन हजार ९३८ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार

काठमाडौं । तीन साता बितिसक्दा पनि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिन सकेका छैन । मन्त्रालयको टुंगो लाग्नु त परैजाओस्

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) माधव समूहको केन्द्रीय सदस्यहरुको बैठक जारी छ । काठमाडौंको बुद्धनगरस्थित एक पार्टी प्यालेसमा बसिरहेको

काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) ले कोरोनाविरुद्धको खोप लगाएका नेपालीलाई प्रवेश खुला गरेको छ । युएईले आजदेखि लागू हुने