कालापानी छोड्न माग गर्दै ज्ञापनपत्र

२७ असार २०६९, बुधबार २१:०६ मा प्रकाशित

काठमाडौं, २७ असार । ‘ग्रेटर नेपाल अभियान’मा सरिक रहंदै आएका फणिन्द्र नेपालको अध्यक्षतामा गठित एकीकृत नेपाल राष्ट्रवादी मोर्चाले नेपालको कालापानीबाट भारतीय सेना हटाइयोस् भन्ने माग गर्दै नेपालका प्रधानसेनापति र भारतीय राजदूतावासमार्फत भारतीय स्थल सेनाध्यक्षलाई ज्ञापनपत्र बुझाएको दाबी गरेको छ । प्रत्यक्ष रुपमा ज्ञापनपत्र बुझाउन भारतीय राजदूतावास पुग्दा मंगलबार प्रहरीले अनुमति नदिएपछि ज्ञापनपत्रको प्रति हुलाकमार्फत बुधबार पठाइएको मोर्चाका अध्यक्ष नेपालले बताए ।
सन् १८१६ मार्च ४ मा गरिएको नेपाल–बेलायतबीचको सुगौली सन्धि इतिहासको कालो अध्याय भएको र यसले नेपाली स्वाभिमानको धज्जी उडाएकाले त्यसलाई सच्याएपछि मात्र दुवै मुलुकको हित हुने उल्लेख गरिएको तीनबुंदे ज्ञापनपत्रमा कैयौं सपूतले जीवनको आहुति दिएर बनाएको दुई मुलुकबीचको ऐतिहासिक सांध–सिमाना नेपालको नियन्त्रणबाहिर रहेको जनाइएको छ । त्यस्तै, महाकाली नदीभन्दा पूर्वको ३ सय १० किलोमिटर भू–भागमा फैलिएको कालापानी नेपालको अक्षुण्ण भू–भागमा स्वतन्त्र मुलुक नेपालको सहमतिबेगर विदेशी सेना बसिरहेकोे तथा सीमावर्ती क्षेत्रमा भारतीय सेनाले नेपाली नागरिकको हत्या, हिंसा र अमानवीय काम गरेकोले यसको उचित सम्बोधन दुवै मुलुकका रक्षा मन्त्रालयले गर्नुपर्ने माग गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १७३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। मंगलबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले

काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन यथावत् राखेको छ । माओवादी केन्द्र स्थायी कमिटीको मंगलबार बसेको बैठकले समर्थन

काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालसहित संघका २७ र प्रदेशका ५ सांसदलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्पष्टीकरण

काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत नेपाल नेदरल्यान्ड्ससँग ३ विकेटले पराजित भएको छ । नेपालले दिएको २ सय