‘जोशीको उम्मेदवारी विधानसम्मत, एनआरएनए अमेरिका र केन्द्रको आवद्धता २००६ देखी’

६ श्रावण २०७४, शुक्रबार ००:४५ मा प्रकाशित

पुरुषोत्तम ढकाल, लसएन्जलस, ६ साउन । गैर आवाशीय नेपाली संघ, (एनआरएनए) राष्ट्रिय समन्वय परिषद अमेरिकाको नियमित निर्वाचन प्रक्रिया अन्तर्गत उम्मेदवार नामावली प्रकाशनको तयारीमा रहेको निर्वाचन आयोगलाई विधान विपरित संघका क्षेत्रीय संयोजक सोनाम लामाले पत्र लेखेर प्रभावित पार्न खोजे पछि जारी निर्वाचन र यसको भविष्यलाई लिएर अमेरिकामा बसोबास गर्ने नेपाली समुदाय चिन्तित र आक्रोशित बनेको छ ।

संघका क्षेत्रीय संयोजक सोनाम लामाले मंगलवार अन्तराष्ट्रिय परिषदको विधानले दिएको अधिकार क्षेत्र बाहिर गएर यस अघि जस्तै संघका अध्यक्ष प्रत्याशी गौरी जोशीको उम्मेदवारी रोक्न लेखेको पत्रलाई आधार मानेर निर्वाचन समितिका सदश्यत्रय अन्जान श्रेष्ठ, भुवन गुरुङ र विश्व बराल समेत विधान विपरितको कार्यमा सक्रिय रहेपछि संघको आसन्न निर्वाचन र यसको भविष्यलाई लिएर अमेरिकामा बसोबास गर्ने नेपाली समुदाय चिन्तित र आक्रोशित बनेको हो ।

स्मरण रहोस गैर आवाशीय नेपाली संघ, (एनआरएनए) राष्ट्रिय समन्वय परिषद अमेरिकाको संघको अन्तराष्ट्रिय समन्वय परिषदसंगको आवद्धतालाई लिएर यस अघिनै क्षेत्रीय संयोजक सोनाम लामले लेखेको पत्र अवैधानिक भन्दै संघका महासचिव बद्रि केशी र संघको सचिवालयका तर्फबाट राजेश रानाले छुट्टा छुट्टै पत्र लेख्दै अमेरिका र केन्द्रको आवद्धता २१ जनवरी, २००६ देखि रहेको र संघको विधानले क्षेत्रीय संयोजकलाई यस्तो विषयमा पत्र लेख्ने अधिकार नभएको भन्दै सचेत गराएको थियो ।

यसै साता क्षेत्रीय संयोजक लामाले पुन: विधान विपरित पत्र लेखेर जारी निर्वाचन प्रक्रियालाई अबरुद्ध पार्ने प्रयास गरेपछि संघको सचिवालयमा रहेको दस्तावेजको प्रतिलिपि सहित सचिवालयका तर्फबाट राजेश रानाले अर्को पत्र लेख्दै गैर आवाशीय नेपाली संघ, (एनआरएनए) राष्ट्रिय समन्वय परिषद अमेरिकाको संघको अन्तराष्ट्रिय राष्ट्रिय समन्वय परिषदसंगको आवद्धता २१ जनवरी, २००६ देखि रहेको प्रमाण सहित अध्यक्ष प्रत्याशी गौरी जोशी अम्बिका अधिकारी अध्यक्ष रहेको कार्यकाल २००७-२००९ को कार्यसमितिको सदश्य एवं संगठन निर्माण समितिको संयोजक रहेकोले जोशीको उम्मेदवारी विधानत वैध भएको निर्वाचन समितिलाई जानकारी गराएको थियो ।

संघको अमेरिका स्थित राष्ट्रिय समन्वय परिषदको आसन्न निर्वाचनका विषयमा क्षेत्रीय संयोजक सोनाम लामाले विधान विपरित लेखेको पत्रका विषयमा संघका महासचिव बद्रि केसीले आफुले यस अघिनै संघको केन्द्र संगको आवद्धताको वैधानिक मिति २१ जनवरी, २००६ खुलाएर राष्ट्रिय समन्वय परिषद र निर्वाचन आयोगलाई पत्र लेखि सकेको र क्षेत्रीय संयोजकले विधान विपरित पत्र लेखेको विषयमा सचेत गराउने काम समेत भैसकेको स्मरण गराउदै यसै साता आयोगलाई सचिवालयले गैर आवाशीय नेपाली संघ, (एनआरएनए) राष्ट्रिय समन्वय परिषद अमेरिकाको संघको अन्तराष्ट्रिय राष्ट्रिय समन्वय परिषदसंगको आवद्धता २१ जनवरी, २००६ देखि रहेको दस्तावेज र प्रमाण सहित प्रेषित गरिएको पत्रको आधारमा निर्वाचन सम्पन्न गर्न आयोगको ध्यान आकृष्ट गरेका छन् ।

महासचिव केसीले भने, ‘संघको राष्ट्रिय समन्वय परिषद र केन्द्रको आवद्धता २१ जनवरी, २००६ देखि रहेको दस्तावेज संघको अमेरिकास्थित निर्वाचन आयोगले प्राप्त गरिसकेको हुँदा यसै विषयलाई लिएर आयोगले निर्वाचनको नियमित प्रक्रिया रोक्ने काम गर्नु हुन्न ।’ केसीले सचिवालयको पत्र तर्फा लक्षित हुँदै जोड दिएर भने, ‘संघको केन्द्रिय विधान र व्याख्या गर्ने आधिकारिक निकाय र दस्तावेज उपलब्ध भैसकेको अवस्थामा अधिकार क्षेत्र बाहिरका व्यक्तिले आफ्नो निहित स्वार्थका लागि कसैको उम्मेदवारी रोक्ने कुत्सित चाहना पुरा गर्न निर्वाचन कार्यक्रम रोक्नु भनेको विधान विपरितको कार्य हुने हुँदा स्वतन्त्र निर्वाचन आयोगले अविलम्व निर्वाचन प्रक्रिया सुरु गर्नु पर्छ ।’

यता संघको सचिवालयको पत्र, दस्तावेज, केन्द्रिय विधान र निर्वाचन आयोगको अधिकार क्षेत्रलाई अवमुल्यन गर्दै प्रमुख निर्वाचन आयुक्तलाई निर्वाचनको नियमित काम कारवाही अन्तर्गत उम्मेदवारको नामावली प्रकाशित गर्न नदिने आयोगका सदश्यत्रय अन्जान श्रेष्ठ, भुवन गुरुङ र विश्व बरालले अर्का अध्यक्ष प्रत्याशी डा. केशव पौडेल र क्षेत्रीय संयोजक सोनाम लामाको प्रभावमापरी वैधानिक अध्यक्ष उम्मेदवार गौरी जोशीको उम्मेदवारी खारेजीको लागि गरेको अवैधानिक प्रयास देखेर यतिबेला अमेरिकामा बसोबास गर्ने प्रवुद्ध नेपाली समुदाय चिन्तित र आक्रोशित बनेको छ ।

स्मरण रहोस यस अघिनै संघका केन्द्रिय सल्लाहकार एवं २००७-२००९ कार्यकालका एनआरएनए अमेरिकाका अध्यक्ष डा. अम्विका अधिकारीले अध्यक्ष प्रत्याशी जोशी आफ्नो अध्यक्ष कार्यकालमा कार्य समिति सदश्य रहेको दस्तावेज निर्वाचन आयोग, राष्ट्रिय समन्वय परिषद र अन्तराष्ट्रिय समन्वय परिषदलाई उपलब्ध गराउदै सार्वजनिक समेत गरिसकेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ: भक्तपुरको खरिपाटीस्थित नेपाली सैनिक प्रतिष्ठानमा सञ्चालित ५९ औँ समूहको अधिकृत क्याडेट र २७ औँ समूहको प्राविधिक अधिकृत आधार तालीम

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई माधव नेपाल– झलनाथ खनाल पक्षले भोलि विहान ९ बजेसम्मको अल्टिमेटम

काठमाडौँ: गैरआवासीय नेपाली संघ (एनआरएनए) ले तत्काल करीब रु दुई करोड बराबरको स्वास्थ्य सामग्री नेपाल पठाउने निर्णय गरेको छ ।

काठमाडौँ: नेपालको आफ्नै भूउपग्रह राख्न आवश्यक अध्ययनका लागि चार कम्पनीले प्रस्ताव गरेका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले गत मङ्सिरमा पुरानो