पे्रस काउन्सिलद्वारा पत्रपत्रिका मापदण्ड जारी

२७ असार २०६९, बुधबार १८:५६ मा प्रकाशित

काठमाडौ, २७ असार । प्रेस काउन्सिल नेपालले “पत्रपत्रिका वितरण संपरीक्षण मापदण्ड–२०६६” लाई समयानुकूल परिमार्जन गरी आर्थिक वर्ष २०६९÷०७० देखि लागु हुने गरी जारी गरेको छ । संशोधित नयाँ मापदण्ड यही २०६९ साउन १ गतेदेखि लागु हुने काउन्सिलले आज जारी गरेको विज्ञप्तिमा जनाइएको छ । “पत्रपत्रिका वितरण संपरीक्षण मापदण्ड–२०६६” अनुसार ९० प्रतिशतभन्दा माथि अङ्क प्राप्त गर्ने पत्रपत्रिकालाई क+ मानिने र ‘क’ श्रेणीकै सुविधा उपलब्ध गराउने व्यवस्था गरिएको छ । दुई करोडभन्दा बढी लगानी भएको र १०० जनाभन्दा बढी पूर्णकालीन कर्मचारी÷कामदार पत्रकार भएकालाई लोककल्याणकारी विज्ञापनबापतको सुविधा उपलब्ध गराउन सिफारिस गरिने छैन । स्थानीय वितरण अनुगमन समितिको सिफारिसलाई कदर गरिने र श्रमजीवी पत्रकार ऐन कार्यान्वयनलाई पनि मूल्याङ्कनको आधार बनाइने छ । पत्रिका नियमित प्रकाशन भएको दुई वर्ष पूरा भएपछि मूल्याङ्कनमा पर्नेछ तर पत्रकारिताको विकासमा पछि परेका अति दुर्गम जिल्लाका अखबार र महिला, दलित, जनजाति सम्पादक रहेको वा लोपोन्मुख भाषामा प्रकाशित पत्रपत्रिका एक वर्ष पूरा भएपछि वर्गीकृत हुनेछन् ।    कुनै राजनीतिक दल, भ्रातृसंस्था वा सङ्घसङ्गठनका मुखपत्रको वर्गीकरण नगरिने विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

गृहमन्त्री बालकृष्ण खाणले संसद्मा विचाराधिन रहेको नागरिकता विधेयकलाई दलको सहमतिमा अघि बढाउने प्रयत्नमा सरकार लागेको बताउनुभएको छ । विधेयक अघि

उदयपुर । वर्षायाम सुरु भएसँगै निरन्तर पानी पर्न थालेपछि धान रोपाइँ सुरु गर्ने समय अघि नै जिल्लामा धान रोपाइँ गर्न

काठमाडौं।कृषिप्रधान देश नेपालले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो ११ महिनामा विभिन्न देशबाट ३४ अर्ब १५ करोड ४० लाख १९

ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले ‘एमबिबिएस’ पढाउन आर्थिक सहयोग गर्ने भएको छ । यसका लागि उसले पाँच वर्ष गाउँपालिकाभित्र सेवा

आजको प्रमुख समाचार