फरार ठग पक्राउ

२७ असार २०६९, बुधबार १७:१६ मा प्रकाशित

काठमाडौं, २७ असार । वैदेशिक रोजगार ठगी मुद्दामा दोषी सावित भईकन फरार रहेका भक्तपुर बागेश्वरी –३ घर भई हाल काठमाडौँ महानगरपालिका–७ कुमारीगाल बस्ने ४४ बर्षीय राजु केसी खत्रीलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजका प्रहरीले पक्राउ गरेको छ । उनलाई प्रहरीले आज कुमारीगाल इलाकामा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरी काठमाडौँ जिल्ला अदालतमा पेश गरेको छ । वैदेशिक रोजगार न्यायाधीकरणको गत २०६७ साल साउन २५ गतेको पैmसला अनुसार खत्रीलाई १ लाख जरीवाना र ५ लाख बिगो सजाय सुनाइएको थियो । राजु के.सी. समेतले होम बहादुर पण्डित, नविन कक्षपति र राजु श्रेष्ठ लगायतका व्यक्तिहरुलाई हङकङमा राम्रो रोजगारको व्यवस्था मिलाई दिने भनी झुठा आश्वासन दिई रकम लिई चीनको ग्वाङझाउ बिमानस्थलसम्म पु¥याई अलपत्र छाडेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ ।चितवनमा कोरोना सङ्क्रमणको ग्राफ ओरालो लाग्दै गएको भए पनि जोखिम भने कायमै रहेको छ । चितवनमा सक्रिय कोरोना संक्रमितको

काठमाडौं । नेपालको परराष्ट्रमन्त्रीमा डा नारायण खड्का नियुक्त हुनुभएकामा भारतका बाह्य मामिलामन्त्री एस जयशङ्करले उनीप्रति बधाई ज्ञापन गरेका छन् ।

काठमाडौँ । दिवङ्गत पितृका नाममा प्रत्येक वर्ष आश्विन कृष्ण पक्षमा गरिने सोह्र श्राद्धका लागि आवश्यक पर्ने अपराह्नकालको समय निर्धारण गरिएको

काठमाडौं। सत्तारुढ गठबन्धनको बैठकले परराष्ट्रमन्त्रीमा डा. नारायण खड्कालाई नियुक्त गर्ने सहमति भएको छ । मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको