एनआरएनए अमेरिका चुनावी महासंग्राम: गौरी लोकप्रिय, केशवलाई जित्नै पर्ने वाध्यता, रबिना पछ्याउदै राम र कृष्ण

२६ असार २०७४, सोमबार ०५:३९ मा प्रकाशित

पुरुषोत्तम ढकाल, लसएन्जलस, २६ असार । गैर आवाशीय नेपाली संघ, (एनआरएनए) राष्ट्रिय समन्वय परिषद अमेरिकाको २०१७-१९ कार्यकालका लागि निर्धारित मनोनयनको तिथि अगावै सबै पदका लागि आफ्नो समूहको नाम सर्वसम्मत घोषणा गरी निर्वाचनमा होमिएको टेक्सास निवासी गौरीराज जोशीको समूहसंग संघका वर्तमान अध्यक्ष डा. केशव पौडेल जित्नै पर्ने वाध्यता सहित चुनावी प्रतिष्पर्धामा ओर्लिएपछि यतिबेला अमेरिकामा बसोबास गर्ने नेपाली समुदाय भेगीय प्रभाव, जातीय समिकरण, मूल थलोको राजनीतिक प्रभावमा गर्माउदै निर्वाचनको माहोलमा होमिएको छ ।

सुरुवाती दिनमा संघका बर्तमान अध्यक्ष डा. केशव पौडेलकै समर्थनमा संघको आगामी कार्यकाल अन्तर्गतको नेतृत्वका लागि आकांक्षी देखिएका भनिएका टेक्सास निवासी गौरीराज जोशी अन्तत प्रभावकारी आफनै समूह खडा गरेर नेपाली अमेरिकन युवाहरुको साथ् समर्थन र बढ्दो लोकप्रीयता  सहित निर्वाचनमा होमिए पछि जोशीलाई विजयी तुल्याउन जनसम्पर्क समिति अमेरिकाको संस्थापन पक्ष र प्रवाशी नेपाली मंच अमेरिका समेत समर्थनमा देखिए पछि अध्यक्ष प्रत्याशी पौडेल र अध्यक्ष पदका अन्य आकांक्षीहरुलाई मतदान अघिनै जोड्को झड्का लागेको छ ।

यद्यपि नेपाली अमेरिकन माझ बढिरहेको आर्थिक, सामाजिक, जातीय र मुलथलोको राजनीतिक ध्रुविकरणकाबीच संघका बर्तमान अध्यक्ष डा. केशव पौडेलले आफ्नो कार्यसमितिका निकट सहयोगीहरु वरिष्ठ उपाध्यक्ष कृष्ण पोखरेल, उपाध्यक्ष रबिना थापा र राम सी पोखरेलसंग प्रतिष्पर्धा गर्नु पर्ने पेचिलो र घाटाको चुनावी जोड घटाउ ब्यहोर्नु परेपनि नेपाली जनसम्पर्क समिति अमेरिकाको एउटा पक्ष, अमेरिकामा प्रभावशाली संघका क्षेत्रीय संयोजक सोनाम लामा र क्षेत्रीय उपसंयोजक एसी शेर्पा सहित नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको औपचारिक साथ् र समर्थन जुटाएर भोटको गणितका मूख्य प्रतिष्पर्धी गौरीराज जोशीसंग भिड्ने सामर्थ्य जुटाउदै आफ्नो गिर्दो साख विस्तारै उठाउने कोशिसमा जुटिरहेका छन् । तथापी मनोनयनको अन्तिम समयमा समेत आफ्नो समूहको नाम घोषणा गर्न नसकेका पौडेल आफु निर्वाचित भएको तीन महिना भित्र लिखित राजिनामा दिन तयार रहेको संदेश सहित सहगोर्त्रिय अध्यक्ष प्रत्याशी रबिना थापासंग तालमेलको याचना गरेको बजार हल्लाले उनको साख थप गिरेको अनुमान गरिदैछ ।

उता केशव पौडेलको वरिष्ठ उपाध्यक्ष अस्विकार गर्दै अध्यक्ष पदका लागि आफ्नो समूह निर्माण गरेर मैदानमा होमिएकी बाल्टिमोर निवासी रबिना थापा नेपाली जन सम्पर्क समिति अमेरिकाका वरिष्ठ उपाध्यक्ष धनन्जय नरसिंह केसी, महासचिव मुनिन्द्र नेम्वांग, क्यालिफोर्नियाका अगुवा नेपाली अमेरिकन भक्त थापा, म्याग्दी समाज अमेरिका, कास्की सामाज अमेरिका, तामांग समाज अमेरिका, नेपाली काँग्रेसका नेताहरु अर्जुन नरसिंह केसी र गगन थापाको साथ्, समर्थन र सहयोग सहित डा. पौडेललाई उछिनेर गौरी जोशीसंग प्रतिष्पर्धा गर्ने भोटको गणितमा जोड घटाउ गर्दै आफ्नो सुनिश्चित विजयको लागि आवश्यक मत खोजिरहेकी छिन् ।

यसोत टेक्सासलाई आधार मानेर नेपाली अमेरिकनको मुद्धाहरुमा लामो समयदेखि क्रियाशील अगुवा एवं संघका वर्तमान उपाध्यक्ष राम सी पोखरेलले समेत अध्यक्षको दौडमा आफुलाई उतारेका छन् तर राम सी पोखरेललाई अध्यक्षका मूख्य दावेदार देखिएका टेक्सासका गौरी जोशीको स्थानिय भोट काट्नको लागि पौडेलकै निर्देशनमा उम्मेदवार बनाइएको बजार हल्लाले उनको उम्मेदवारी त्यति दमदार बन्न सकेको छैन । यस्तै अमेरिकामा पहिलो पटक संघको मतदान र निर्वाचन मार्फत नेतृत्व चयन भएको २०१४-१७ को कार्यकाल देखि महासचिव निर्वाचित हुँदै वरिष्ठ उपाध्यक्ष सम्मको यात्रा तय गरेका न्युयोर्कका कृष्ण पोखरेल समेत अध्यक्षको दौडमा रहेका छन् तर उनको उम्मेदवारी पनि अन्तिम समयमा डा. पौडेलले उम्मेदवारी नदिने आसमा थापिएको च्याँखे भन्ने आरोपमै सिमित हुने भएको छ ।

यद्यपी कृष्ण पोखरेल र राम सी पोखरेलले अन्तिम क्षणसम्म आफ्नो उम्मेदवारी कायम राखेमा अध्यक्षका मूख्य प्रतिष्पर्धी गौरी जोशी र डा. केशव पौडेलको भोट काट्ने अनुमान गरिदै छ ।

निर्वाचनको प्रारम्भिक बजार हल्ला, सामाजिक संजालको चर्चा र परिचर्चा, अमेरिकामा एनआरएनए अभियानका मूख्य अभियन्ता खगेन्द्र जीसीको संयोजन, नेपाली अमेरिकन युवाहरुको साथ् र समर्थन जुटाउन सफल गौरी जोशीको उम्मेदवारीको हकमा जनजातिका तर्फबाट वरिष्ठ उपाध्यक्ष पदमा तेम्बा नोर्पू शेर्पा, उप-सभापतिमा नेवार समुदायको संजीव श्रेष्ठ, महिला तर्फ उप-सभापतिमा उमा थापा ‘कार्की’, महिला संयोजकमा लक्ष्मी खरेल, महसचिवमा पूर्ण बानिया, उप-सभापति पदमा प्रवाशी मंचको समर्थनमा पुरुषोत्तम बोहरा, टेक्सासका लोकप्रिय भुवन आचार्यलाई उपसभापतिमा, संघको वर्तमान कार्यसमितिमा प्रभावकारी उपसभापतिको भूमिका निर्वाह गरेका डिल्ली भट्टराई, जनसम्पर्क समितिका पुराना खेलाडी धर्म भट्टराई र एनआरएनए अमेरिकाका जानकार वेद बस्नेतलाई आइसीसी सदस्य पदमा आफ्नो समूहबाट मैदानमा उतार्न सफल जोशीको समुहमा भेगीय सन्तुलन सहित मधेशी मुलका सत्यन्द्र शाह कोषाध्यक्ष सहित संघको एक दर्जन भन्दा बढी च्याप्टर खुलेरै उनको समर्थनमा आउनुले जोशीलाई उनका मूख्य प्रतिष्पर्धी डा. केशव पौडेल र रबिना थापालाई भन्दा विजय यात्रा सहज हुने अगुवा नेपाली अमेरिकनहरुको विश्लेषण छ ।

तर मूल थलोको राजनीति, जातीय समीकरण, भेगीय प्रभावले विभाजित र ध्रुविकरण हुने नेपाली अमेरिकनले गैर आवाशीय नेपाली संघ, (एनआरएनए) राष्ट्रिय समन्वय परिषद अमेरिकाको २०१७-१९ कार्यकालका लागि टेक्सास निवासी गौरीराज जोशीको नेतृत्वमा रहेको समूहलाई डा. केशव पौडेल र उनको समूह भन्दा कति मतान्तरको अन्तरमा विजयी गराउने हुन् त्यसको लागि भने आउदो महिना अगष्टको १९ तारिख कुर्नै पर्ने हुन्छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ: भक्तपुरको खरिपाटीस्थित नेपाली सैनिक प्रतिष्ठानमा सञ्चालित ५९ औँ समूहको अधिकृत क्याडेट र २७ औँ समूहको प्राविधिक अधिकृत आधार तालीम

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई माधव नेपाल– झलनाथ खनाल पक्षले भोलि विहान ९ बजेसम्मको अल्टिमेटम

काठमाडौँ: गैरआवासीय नेपाली संघ (एनआरएनए) ले तत्काल करीब रु दुई करोड बराबरको स्वास्थ्य सामग्री नेपाल पठाउने निर्णय गरेको छ ।

काठमाडौँ: नेपालको आफ्नै भूउपग्रह राख्न आवश्यक अध्ययनका लागि चार कम्पनीले प्रस्ताव गरेका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले गत मङ्सिरमा पुरानो