मुख्यसचिवमा बाह्र प्रतिस्पर्धी

२७ असार २०६९, बुधबार १६:५८ मा प्रकाशित


काठमाडौं, २७ असार । मुख्यसचिव माधव घिमिरेले अवकाश पाउने दिन नजिकिंदै गएपछि उच्च तहमा मुख्यसचिवको खोजी सुरु भएको छ । हाल सेवामा रहेका बाह्र सचिवमध्येबाट नै मुख्यसचिव बनाइने भए पनि कसलाई उक्त जिम्मेवारी मिल्ने भन्नेबारेमा यकिन भइसकेको छैन । ०६४ साल असोज २४ गतेको मन्त्रिपरिषद् बैठकबाट सचिव बनाइएकाहरूमध्ये अहिले शंकर कोइराला अवनिन्द्रकुमार श्रेष्ठ, वामन न्यौपाने, बालानन्द पौडेल, भगवतीकुमार काफ्ले, ताना गौतम, सुशीलजंग राणा, लीलामणि पौडेल, विन्द्रा हाडा, उमाकान्त झा र त्रिलोचन उपे्रती मात्र सेवामा हुनुहुन्छ । मुख्यसचिव बनाउन वरिष्ठता र कार्यक्षमतालाई आधार बनाउने गरिन्छ । यस आधारमा शंकर कोइराला, बालानन्द पौडेल र भगवती काफ्ले कार्यक्षमतामा अब्बल मानिएका छन् । प्रधानमन्त्री कार्यालयमा रही ज्यादा सक्रियता देखाएका कारण कतिले लीलामणि पौडेललाई पनि क्षमतावान मानेका छन् । तर, लीलामणिको कार्यशैली अलिक हल्का हुने गरेको र छिमेकी राष्ट्रहरू चीन र भारतबीच असन्तुलित विचार र व्यवहार प्रकट गर्ने गर्नुभएको आरोप उहा“माथि लाग्ने गरेका हुनाले उहा“ मुख्यसचिव बन्ने सम्भावना कम भएको बताइन्छ । कार्यक्षमताका दृष्टिले योग्य मानिए पनि बालानन्द पौडेलका निम्ति वर्तमान प्रतिकूल भएको ठानिन्छ । भगवती काफ्ले कार्यक्षमताका दृष्टिले सबल भए पनि उहा“लाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट बाहिर लैजाने पक्षमा स्वयम् प्रधानमन्त्री डा. बाबुराम भट्टराई हुनुहुन्न । महिला भएका कारण सहानुभूतिपूर्वक धेरैले हेरिरहेका भए पनि विन्द्रा हाडा बरियता र कार्यक्षमताका दृष्टिले अलिक पछाडि नै रहनुभएको ठानिन्छ । यद्यपि हाडाले विभिन्न राजनीतिक दलका नेताहरूको घरघरमा धाएर आफूलाई मुख्यसचिव बनाइदिन आग्रह गर्न थाल्नुभएको छ ।
यसक्रममा माओवादी अध्यक्ष प्रचण्डले चाहि“ उहा“लाई मुख्यसचिव बनाइदिने विश्वास पनि दिलाइसक्नुभएको छ । अन्य सचिवहरू मुख्यसचिवको प्रतिस्पर्धामा अलिक पछाडि नै देखिन्छन् । त्यसैले बरियतामा सर्वाधिक अगाडि रहेका र कार्यक्षमतामा पनि अब्बल मानिनुहुने शंकर कोइराला नै मुख्यसचिव बन्नुहुने सम्भावना बलियो भएको छ । नेपाली काङ्गे्रसका डा. प्रकाशशरण महत ऊर्जामन्त्री हु“दा महतको पेलाइमा पर्नुभएका कोइराला अन्ततः त्यहा“बाट सरुवा भएरै जानुपर्ने अवस्था सिर्जना भएको थियो । कोइरालाको सोच अत्यन्त सकारात्मक र निर्णय लिने क्षमता पनि बलियो भएको हु“दा प्रधानमन्त्री भट्टराईको रोजाइमा उहा“ नै पर्नुहुने सम्भावना प्रबल छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । कांग्रेस नेता डा.शेखर कोइराला निकट नेताहरूको भेला सुरु भएको छ । केही बेरअघि बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा कोइराला पक्षीय

काठमाडौं । निर्वाचन आयोगले आगामी प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा विद्युतिय मतदान यन्त्र (इभीएम) प्रयोग गर्ने भए साउन मसान्तसम्म व्यवस्था

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) भएर थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले नियमित उडान गर्ने भएका छन् । थाइल्याण्डको थाई स्माइल

काठमाडौँ । चालु आर्थिक वर्ष सकिन अब १६ दिन बाँकी छ । सरकारले चालु आवमा रु तीन खर्ब ७८ अर्ब नौ