हुनेनै भयो एनआरएनए अमेरिकाको चुनाव, ‘प्रमुख आयुक्तले सार्वजनिक गरिन निर्वाचन तालिका’

२१ असार २०७४, बुधबार ११:११ मा प्रकाशित

लसएन्जलस, २१ असार । नेपाली अमेरिकनले व्यग्रताका साथ् प्रतिक्षा गरिरहेको गैर आवासीय नेपाली संघ, (एनआरएनए) राष्ट्रिय समन्वय परिषद अमेरिकाको २०१७ -१९ कार्यकालको नेतृत्व चयनको लागि निर्वाचन तालिका सार्वजनिक गरिएको छ । निर्वाचन तालिका अमेरिकी समय अनुसार मंगलबार अपरान्ह संघको अमेरिकास्थित प्रमुख निर्वाचन आयुक्त बंदिता शर्मा दाहालद्वारा जारी गरिएको हो । सार्वजनिक गरिएको निर्वाचन तालिका अनुसार गैर आवासीय नेपाली संघ, (एनआरएनए) राष्ट्रिय समन्वय परिषद अमेरिकाको मतदाता नामावली जुलाई ४ तारिख प्रकाशन गरिएको छ भने इच्छुक उम्मेदवारहरुले जुलाई ४ देखि ८ सम्म अनलाईन मार्फत र जुलाई १३ सम्म हुलाक मार्फत मनोनयन गरन सक्ने छन् । उम्मेदवारहरुको प्रारम्भिक नामावली प्रकाशन जुलाई १८ जुलाई, उम्मेदवारी फिर्ता २४ जुलाई र उम्मेदवारको अन्तिम नामावली प्रकाशन २९ जुलाई र मतदान ११ र १२ अगष्ट २०१७ तोकिएको छ । संघको नेतृत्वका लागि भएको मतदानको मतगणना ११ अगष्ट १९ अगष्टमा सम्पन्न गरी २० अगष्टमा सपथ ग्रहण गराउने कार्यक्रम सार्वजनिक गरिएको छ । निर्वाचन आयोगका अनुसार एनआरएनए राष्ट्रिय समन्वय परिषद अमेरिकाको २०१७ -१९ कार्यकालको लागि २३ पद र २६ स्टेट च्याप्टरको ११ पद र ८ जना अन्तराष्ट्रिय समन्वय परिषद सदस्यको लागि निर्वाचन हुने छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । कोरोना संक्रमण परीक्षणका लागि आज प्रधानमन्त्री केपी शर्मा ओलीको स्वाब संकलन गरिएको छ । आज बालुवाटारमा प्रधानमन्त्री, उनका

गैरआवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय परिषद् अमेरिकासहित विभिन्न सङ्घसंस्था तथा प्रतिष्ठित व्यक्तिले अमेरिकी सरकारका अङ्गहरुमार्फत कोभिड–१९ को कहरले प्रभावित नेपाललाई

काठमाडौं । नेपाल पत्रकार महासङ्घ प्रतिष्ठान प्रदेशअन्तर्गत ९१ पत्रकार सङ्क्रमित भएका छन् । नेपाल पत्रकार महासङ्घ प्रतिष्ठान प्रदेशले ३३ प्रतिष्ठान

काठमाडौं । बरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधानको विहिबार निधन भएको छ । छातीमा समस्या देखिएपछि उनलाई विहान बसुन्धरास्थित न्यूरो