भारतीय सेनाध्यक्ष र प्रधानमन्त्रीबीच भेटघाट

२७ असार २०६९, बुधबार १६:२२ मा प्रकाशित

काठमाडौं, असार २७ । हिजो मंगलबारदेखि नेपाल भ्रमणमा रहेका भारतीय स्थलसेनाध्यक्ष विक्रम सिंह र प्रधानमन्त्री डा. बाबुराम भट्टराईबीच शिष्टाचार भेटवार्ता भएको छ । उनीहबीच दुई देशबीचको सम्बन्ध, आपसी हित र चासोका बारेमा छलफल हुनुका साथै नेपाली सेनालाई भारतीय सरकारतर्फबाट उपलब्ध हुन सक्ने सहयोगका विषमा पनि विचारविमर्श भएको छ । लगभग आधा घन्टाको भेटवार्तापछि भारतीय सेनाध्यक्ष सिंहले आफू भारतीय जनता र सेनाको शुभकामना लिएर नेपाल भ्रमणमा आएको र सोही सिलसिलामा प्रधानमन्त्रीसंग शिष्टाचार भेटवार्ता भएको प्रतिक्रिया दिए । उनले नेपालसंगको सम्बन्धलाई भारतले विशेष महत्व दिन्छ भन्ने आफ्नो भ्रमणले पुष्टि गरेको उनको कथन थियो । सेनाध्यक्ष सिंहले भारतीय सरकारले नेपाली सेनालाई उपलब्ध गराउने सहयोगका बारेमा दुवै देशको नीतिबमोजिम प्रक्रिया अघि बढ्ने बताए । सो अवसरमा नेपालका लागि भारतीय राजदूत जयन्तप्रसादको पनि उपस्थिति रहेको राससले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । चितवनमा दैनिक पाँच हजार रुपैयाँ दिएर यौन धन्दामा लगाइएका १० जनाको उद्धार गरिएको छ । प्रहरीका अनुसार चितवनको

काठमाडौं । नेकपा एमालेको बरिष्ठ नेता माधव नेपाल पक्ष सरकारमा सहभागी हुने भएको छ । माओवादी अध्यक्ष प्रचण्डले स्थायी कमिटी

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा ३ हजार ८ सय ९९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने २० जनाको

काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महराले उच्च अदालतबाट पनि सफाइ पाएका छन् । जवर्जस्ती करणी उद्योग मुद्दामा अदालतले सफाइ दिएको हो