महतोले महासभाको प्रस्ताव ल्याउने

२७ असार २०६९, बुधबार १५:२२ मा प्रकाशित


काठमाडौं, २७ असार । सद्भावना पार्टीका अध्यक्ष तथा स्वास्थ्यमन्त्री राजेन्द्र महतोले राष्ट्रिय राजनीतिमा देखापरेको समस्या निकासका लागि सर्वपक्षीय महासभा आयोजनासम्बन्धी प्रस्ताव पेश गर्ने भएका छन् । सो सम्बन्धी जानकारी गराउन आज सांझ चार बजे उनले आफ्नै पार्टीअफिस थापागाउंमा पत्रकार सम्मेलनको आयोजना गर्दैछन् । दक्षिणी छिमेकी राष्ट्रसंग विशेष सम्बन्ध रहेका नेताका रुपमा चिनिएका महतोले अचानक अघिसार्न लागेका महासभाको प्रस्तावले सचेत तप्कामा विशेष जिज्ञासा जगाएको छ ।
यसैगरी राष्ट्रिय समस्या निकासकै सम्बन्धमा छलफल गर्नका लागि आज बिहान विपक्षी दलका प्रमुख नेताहरुले राष्ट्रपति रामवरण यादवसंग भेट गरेका छन् । भेटका क्रममा नेताहरुले सहमतीय सरकारका विषयमा राष्ट्रपतिले चाल्नुपर्ने कदम बारे आफ्ना धारणा राखेको बुझिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ।सरकारले स्यानिटरी प्याडमा कुनै पनि कर वृद्धि नगरेको स्पष्ट पारेको छ । महिनावारी हुँदा महिलाले प्रयोग गर्ने स्यानिटरी प्याडमा मूल्यवृद्धि

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आजबाट सुरु हुँदैछ। ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा विहान ११ बजे बैठक बस्ने तय

काठमाडौं । नेपाली कांग्रेसले हिमाली जिल्लाको अधिवेशन दशैँअघि नै गर्ने निर्णय गरेको छ। बिहीबार कांग्रेस पदाधिकारी र निर्वाचन समितिको छलफलबाट

चितवन । इच्छाकामना गाउँपालिका–५ नाग्दीखोलास्थित पृथ्वी राजमार्गमा काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको कार त्रिशूली नदीमा खस्दा तीन जना बेपत्ता भएका छन्