एनआरएनए निर्वाचन, ‘गौरीराज जोशीको नेतृत्वमा चुनाव लड्ने समूहको नाम सार्वजनिक’

६ असार २०७४, मंगलवार ०५:५५ मा प्रकाशित

सिसृक्षा ढकाल, काठमाडौँ, ६ असार । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद, (एनआरएनए) अमेरिकाको २०१७-१९ कार्यकाल अन्तर्गत आगामी जुलाई महिनामा हुने निर्वाचनका लागि टेक्सास निवासी अगुवा नेपाली अमेरिकन गौरी जोशीको नेतृत्वमा रहेको समुहले आफ्नो उम्मेदवारी सार्वजनिक गर्ने तयारीमा जुटेको छ । हामीलाई प्राप्त जानकारी अनुसार संघको अध्यक्ष प्रत्याशी जोशीको तर्फबाट निर्वाचन लड्ने समूहको चयन संघका पूर्व अध्यक्ष खगेन्द्र जिसी, नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द विष्ट, प्रवाशी नेपाली मंचका पूर्व अध्यक्ष संजय थापा, जनजाती महासंघका लुइसाङ्ग वाइवा र अगुवा नेपाली अमेरिकन श्रीपराजुलीको संयोजनमा क्षेत्रीय र जातीय सन्तुलन सहितको उम्मेदवारी तय गरिंदै छ । स्रोतले दिएको जानकारी अनुसार टेक्सास निवासी अगुवा नेपाली अमेरिकन गौरी जोशीको नेतृत्वमा निर्वाचन लड्ने समुहमा वरिष्ठ उप-सभापतिमा तेम्बा नुर्पु शेर्पा, उपसभापतिमा क्रमस: उमा कार्की थापा, जेदु पोखरेल, पुरुषोत्तम बोहरा, संजिव श्रेष्ठ रहेका छन् । यसैगरी महासचिवमा धर्म भट्टराई, सचिवमा सुमन बुढामगर वा  उत्तम शर्मा मध्य एक , कोषाध्यक्षमा पूर्ण बानियाँ, सह कोषाध्यक्षमा रबिन बज्राचार्यको नाम तय भए पनि बज्राचार्यलाई विष्णु सुबेदी र झापाका प्रमोद सिटौलाले लालीपप खुवाएका कारण पौडेल समूहबाट उम्मेदवार बनाउने आस्वासन दिए लगत्तै दिगभ्रमित बनेका उनी यता’न उताको स्थितिमा पुगेका छन् भने महिला संयोजकमा लक्ष्मी खरेल थापा र बोर्ड सदस्यहरुमा प्रीति सागर खत्री, गोपेन्द्र भट्टराई, भुवन आचार्य, विष्णु शाह र संजय थापाको नाम तय भएको छ । तर पौडेल समूहका राधा पौडेलको बिरुद्ध उपसभापति प्रत्याशी बनेका पुरुषोत्तम बोहराको केशव पौडेल मोहका कारण र उनको दोहोरो चरित्रका कारण त्यस क्षेत्रमा गौरी जोशी समूहले अर्को विकल्प खोजेमा आश्चर्य नमाने हुन्छ । यद्यपी गौरी जोशी समूहको उम्मेदवारको नामावली मंगलबार साँझ हुने बैठकले अन्तिम टुंगो लगाउने बुझिएको छ । उता एनआरएनए अमेरिकाको २०१७-१९ कार्यकालका लागि क्षेत्रीय संयोजक सोनाम लामालाई संघको केन्द्रिय उपाध्यक्ष पदमा निर्वाचित गराउन आवश्यक प्रतिनिधि चयनमा सहजता ल्याउने उद्देश्यले लामाको दवावमा पुन: निर्वाचन लड्न वाध्य भएका संघका अध्यक्ष डा. केशव पौडेलको तर्फबाट निर्वाचन लड्ने समूह तय गर्ने जिम्मेवारी पाएका संघका क्षेत्रीय संयोजक सोनाम लामा, उपसंयोजक एसी शेर्पा, नेपाली जनसम्पर्क समिति अमेरिकाका पूर्व संयोजक विष्णु सुवेदी, झापाका प्रमोद सिटौला र नेपाली अमेरिकन माझ कालो भुत भनेर चिनिने यादव पण्डित रहेको समूह सम्भावित पराजय र उम्मेदवार अभावमा छट्पटिएको पौडेल निकट स्रोतले जनाएको छ । यस अघि संघका सभापति पौडेलले हामीसंग कुरा गर्दै गौरी जोशी र उनको समूह विच सहमति हुने दावी गरेका थिए । यसैगरी संघका उपसभापति एवं अध्यक्ष प्रत्याशी रबिना थापाको समूहबाट उमेद्वारी चयन गर्ने जिम्मेवारी पाएको समितिका वरिष्ठ उपसभापति धनन्जय नर सिंह केसी, महेश मल्ल, नारायण थापा र कृष्ण केसीको समूह समेत आफ्नो छुट्टै प्यानल निर्माणको तयारीमा जुटेका छन् । यसै बीच संघको प्रमुख निर्वाचन आयुक्त बंदिता शर्मा दाहालले दिएको जानकारी अनुसार निर्वाचन आयोगले आगामी जुलाई महिनाको २१,२२ र २३ तारिखका दिन अनलाईन मतदान मार्फत नयाँ नेतृत्वका लागि चुनाव गर्ने गरी कार्य तालिका सार्वजनिक गर्ने तयारीमा जुटेको छ । दाहालले भनिन्, ‘हामी यसै साता बढीमा एक महिनाको समय अवधि राखेर निर्वाचन कार्यक्रम घोषणा गर्दैछौ, ढुक्क हुनुहोस अब निर्वाचन हुन्छ ।’

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ: भक्तपुरको खरिपाटीस्थित नेपाली सैनिक प्रतिष्ठानमा सञ्चालित ५९ औँ समूहको अधिकृत क्याडेट र २७ औँ समूहको प्राविधिक अधिकृत आधार तालीम

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई माधव नेपाल– झलनाथ खनाल पक्षले भोलि विहान ९ बजेसम्मको अल्टिमेटम

काठमाडौँ: गैरआवासीय नेपाली संघ (एनआरएनए) ले तत्काल करीब रु दुई करोड बराबरको स्वास्थ्य सामग्री नेपाल पठाउने निर्णय गरेको छ ।

काठमाडौँ: नेपालको आफ्नै भूउपग्रह राख्न आवश्यक अध्ययनका लागि चार कम्पनीले प्रस्ताव गरेका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले गत मङ्सिरमा पुरानो