डिआइजीबाट हवल्दार पिटिइन्

२७ असार २०६९, बुधबार ११:४९ मा प्रकाशित

काठमाडौं २७ असार । आफूलाई महिलाअधिकारवादी भनेर समेत चिनाउन रुचाउने प्रहरी डिआइजी पार्वती थापाले एयरपोर्टमा सार्वजनिक रुपमा एक महिला प्रहरीलाई गालामा झापड हानेकी छिन् । हिजो मंगलबार बिहान बुद्ध एयरको उडानबाट नेपालगन्ज जाने क्रममा आफूलाई नचिनेको र सलाम नगरेको भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनले प्रहरी हवल्दार बिना दराईलाई दुई चड्कन लगाएकी हुन् । यात्रुको ब्गागेज चेक गर्ने ड्युटीमा रहेकी हवल्दार दराईले डिआइजी थापाको झोला चेक गर्न मागेपछि उक्त घटना भएको प्रत्यक्षदर्शीको कथन छ । झोला चेक गरेपछि शरिर खानतलासी लिन खोजेपछि रिसाएर थापाले दराईलाई झापड हानेकी थिइन् । झापड खाएपछि हवल्दार दराई रुंदै काम छोडेर बाहिर निस्केकी थिइन् भने उपस्थित यात्रुहरु उक्त दृश्य अचम्म मानेर हेरिरहेका थिए ।
यसबारे बुझ्न खोज्दा विमानस्थलका डीआईजी नारायण बस्ताकोटीले पिटेको नभई सामान्य गाली मात्र गरेको भनी टार्न खोजे भने डिआइजी थापाले फोन रिसिभ गरिनन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाली कांग्रेसले आफ्नो पार्टी मिलेनियम च्यालेन्ज कर्पोरेशन(एमसिसी) सम्झौताप्रति सकारात्मक भएको जनाएको छ। कांग्रेसकी केन्द्रीय सदस्य डा.डिला सङ्ग्रौलाले नेपाल

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभा सदस्यबाट पदमुक्त भएका नेकपा एमालेका नेता रामबहादुर थापा बादललाई गृहमन्त्रीमै पुनः नियुक्ति गर्ने

काठमाडौं । नेपाल आयल निगमले पुनः पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । इण्डियन आयल कर्पोरेशनबाट शुक्रबार प्राप्त मूल्य सूचीअनुसार

सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले तीन मन्त्री नियुक्त गर्नुभएको छ । यही वैशाख ३ गते विश्वासको मत