गान्धीको सामग्री भारतले किन्यो

२७ असार २०६९, बुधबार ११:४१ मा प्रकाशित

नयाँदिल्ली (एएफपी), असार २७ – महात्मा गान्धीका चिठीपत्रहरूको संग्रह, अन्य कागजात, तस्बिरहरू र सम्बन्धित अन्य सरसामान भारतले बेलायतबाट किनेको छ । ती सामान ११ लाख अमेरिकी डलर (७ लाख स्टर्लिङ पाउन्ड) मा किन्ने निर्णय भएको भारतको संस्कृति मन्त्रालयले जानकारी दिएको छ ।

महात्मा गान्धीका मित्र बेलायतका एक वरिष्ठ कलाकार हर्मन कलेनब्याकले ती सामानहरू संकलन गरेर राखेका थिए । संग्रहबाट ती सरसामानहरू किनिएको भारतले जनाएको छ । भारतको संस्कृति मन्त्रालयका सहसचिव सञ्जीव मित्तलले भने, ‘भारत सरकारले ती सामग्री खरिद गर्ने निर्णय गरिसकेको छ र त्यसका लागि आवश्यक पर्ने रकम पनि पठाइसकेको छ ।’ ती सामग्री राष्ट्रिय संग्रहालयमा राखिने उनले बताए । उनले भने, ‘विशेषगरी ती चिठीपत्रहरूबाट महात्मा गान्धीका विविध विचारहरू बुझ्न र यसबारे अध्ययन गर्न सहज हुनेछ ।’

बेलायतको इसा सारिदमा रहेको हर्मनको घरमा ती सामग्री रहेको भन्ने विषयमा भारतका एक वरिष्ठ इतिहासविद् रामाचन्द्र गुहाले पत्ता लगाएका थिए । ती सामग्री भेटिएपछि उनले भारत सरकारलाई जानकारी गराएका थिए । उनले दिएको जानकारीका आधारमा ती सामग्री खरिद गर्ने निर्णय भारत सरकारले हालै गरेको थियो । गान्धीका मित्र हर्मनको पहिले नै निधन भइसकेको र उनका आफन्तले उक्त सामग्रीको मूल्य ५ देखि ७ लाख स्टर्लिङ पाउन्ड राखेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

विश्वभर कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ३० लाख २३ हजार नाघेको छ । संक्रमित हुनेको संख्या पनि १४ करोड

नयाँ दिल्ली । भारतमा कोरोना भाइरसको महामारी अति भयावह बन्दै गएको छ र संक्रमण तथा मृत्युदर तीव्र गतिमा बढिरहेको छ

साउदी अरबले तीन उच्च सैनिकलाई ‘देशद्रोह’ गरेको आरोपमा मृत्युदण्ड दिएको यहाँको रक्षा मन्त्रालयले बताएको छ । मन्त्रालयले राज्य सञ्चालित समाचार

म्यानमारमा सैनिक कु विरुद्धमा जारी प्रदर्शनका क्रममा थप ८० जनाको मृत्यु भएको छ । म्यानमारको बागो शहरमा भएको प्रदर्शनमा सो