नेकपा,माओवादीले प्रचण्डको निवास घेराउ गर्ने

२७ असार २०६९, बुधबार १०:२० मा प्रकाशित

काठमाडौ, २७ असार । प्रमुख दलका शीर्ष नेताहरुका कारण देशले निकास पाउन नसकेको भन्दै नेकपा, माओवादीले आज एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास घेर्ने भएको छ । दिउँसो २ बजे  प्रचण्ड निवास लाजिम्पाटमा गएर उहाँको निवास घेराउ कार्यक्रम रहेको नेकपा,माओवादीले जनाएको छ । वितेको २ वर्षमा सभासदहरुले लिएको भत्ता फिर्ता, संयुक्त क्रान्तिकारी सरकार गठन, दिगो शान्ति स्थापना, महङ्गी तथा कालोबजारी नियन्त्रण लगायतका माग राखेर नेकपा, माओवादीले नेताहरुको घर घेराउ र भण्डाफोर कार्यक्रम सुरु भएको जनाएको छ । यसअघि नेकपा माओवादीले कांग्रेस सभापति र एमाले अध्यक्षको निवास घेराउ गरिसकेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

रामेछाप । रामेछापको सुनापातीमा यात्रु बाहक बस लुभुखोलामा दुर्घटनामा परेको छ ।  दुर्घटनामा  कम्तिमा ९ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । उद्धारकार्य जारी रहेकाले

काठमाडौं।उपत्यकाको सुरक्षा केन्द्र सरकार मातहत राख्ने विषयमा दलहरू विभाजित भएका छन् । सिंहदरवारस्थित राज्य व्यवस्था तथा सुशासन समितिको सभाकक्षा सोमबार भएको

झापा । पूर्वी नाका काँकडभिट्टा भएर कृषिजन्य वस्तुको निर्यातभन्दा आयात वढी भएको छ । चालु आर्थिक वर्षको ११ महिनामा सो

मुगु । नेपाल विद्युत प्राधिकरणले कर्णाली प्रदेशको मुगु जिल्लामा २९९० मिटर उचाइमा अवस्थित रारा ताल क्षेत्रमा विद्युत पुर्‍याएको छ ।