बाबुराम आएपछि कति बढ्यो मूल्य ?

२७ असार २०६९, बुधबार ०७:२९ मा प्रकाशित


काठमाडौं, २७ असार । एकीकृत नेकपा माओवादीका उपाध्यक्ष डा. बाबुराम भट्टराई मुलुकको ३५औं प्रधानमन्त्री बन्दा आमनेपालीले सोचेका थिए– आकाश छुनेगरी बढेको दैनिक उपभोग्य वस्तुको मूल्यमा गिरावट आउनेछ । कालोबजारी रोकिनेछ, खाद्य तथा अखाद्य वस्तुहरू सजिलै छुट्याउन सकिनेछ । तर, भट्टराई प्रधानमन्त्री भएको दश महिनाको अवधिमा झण्डै दोब्बरले मूल्य वृद्धि भएको छ । कालोबजारी मौलाउंदै जानुका साथै खाद्य तथा अखाद्य वस्तुहरूको बजारमा चरम कृत्रिम अभाव सिर्जना गरिएको छ ।
भट्टराई प्रधानमन्त्री बनेकै दिन अर्थात् भदौ ११ गते राष्ट्र बैंकले आर्थिक वर्ष ०६७÷६८ मा मूल्यवृद्धि १ अङ्कमा सीमित भएको तथ्याङ्क सार्वजनिक गरेको थियो । उसले पेट्रोलियम पदार्थको मूल्यवृद्धि तथा कर्मचारीको तलब बढे पनि गत आर्थिक वर्षको भन्दा कम मूल्यवृद्धि भएको जानकारी गराउ“दै ९ दशमलब ६ प्रतिशत मात्र मूल्यवृद्धि भएको बताएको थियो । उक्त तथ्याङ्कअनुसार खाद्य तथा पेय पदार्थहरूको १४ दशमलव ७ प्रतिशत, गैरखाद्य तथा सेवा समूहको मूल्यमा ५ दशमलव ४ प्रतिशतले मात्र बढेको उल्लेख थियो । त्यस्तै तरकारीमा ३५ प्रतिशत वृद्धि भएको उल्लेख गरेको थियो भने, मसला, चिनी तथा मिठाइ र फलफूलको मूल्यमा क्रमशः २३ दशमलव २ प्रतिशत, १९ दशमलव ५ र १९ दशमलव ४ प्रतिशतले बढेको उल्लेख थियो । तर, अहिले गत वर्षको भन्दा २० प्रतिशतभन्दा बढी मूल्यवृद्धि भएको छ ।
राष्ट्र बैंकको तथ्याङ्कअनुसार भट्टराई प्रधानमन्त्री भएयता तरकारीको मूल्य २७ प्रतिशतले वृद्धि भएको छ भने फलफूल, तरकारी, घिउ तथा तेल, चिनीलगायतका पदार्थमा पनि सोही अनुपातमा मूल्यवृद्धि भएको छ । त्यस्तै, पेट्रोलियम पदार्थको मूल्य अत्यधिक बढेको छ । पेट्रोलियम पदार्थमा पनि २५ प्रतिशतभन्दा बढी मूल्य वृद्धि भएको छ । ८५ रुपैयां प्रतिलिटरमा पाइने पेट्रोलको मूल्य अहिले एक सय २० पुगेको छ । डिजेल र मट्टीतेलको ९३ रुपैया“ पुगेको छ । भट्टराई प्रधानमन्त्री हुंदा डिजेल र मट्टीतेलको मूल्य ६९ रुपैयां प्रतिलिटर थियो ।
नेपाल खुद्रा व्यापार सङ्घका अनुसार भट्टराई प्रधानमन्त्री बन्ने दिनसम्ममा एक सय पा“च रुपैयांमा पाइने मुसुरोको दाल दश महिनाको अवधिमा एक सय तीस रुपैया“ पर्छ । त्यस्तै, प्रतिकेजी एक सय दश पर्ने मासको दलमा दश, एक सय तीस पर्ने मुगुको दालमा बीस, सय पर्ने चनामा चालीस, असीमा पाइने हरियो÷सेतो केराउमा बीस, एक सय चालीसमा पाइने लसुनमा चालीस, ६५ मा पाइने अदुवामा तीस रुपैया“का दरले बढेको छ । त्यस्तै घ्यूमा पन्ध्र, तोरीको तेलमा तीस र भटमासको तेलमा पच्चीस, चिउरामा दश रुपैयांको दरले बढेको छ । लुगा धुने, भांडा माझ्ने तथा नुहाउने साबुनमा दुईदेखि पा“च रुपैयां तथा आलुमा प्रतिधार्नी चालीस रुपैया“ बढेको छ । सङ्घका अनुसार चामलमा नब्बे रुपैया“देखि साढे दुई सयसम्म बढेको छ ।
त्यसैगरी सुनमा पनि भारी मूल्यवृद्धि भएको छ । भट्टराई प्रधानमन्त्री हु“दा प्रतितोला ५० हजार नौ सयमा पाइने सुन ५७ हजारसम्म पुगेको थियो । तर, अहिले सुनको मूल्य साढे ५६ हजारभन्दा बढी छ । भट्टराई सरकारको पालामा नेप्सेमा पनि भारी गिरावट आएको छ । राष्ट्र बैंकका अधिकारीहरूका अनुसार स्थायी सरकार नहुनु र राज्यका नियामक निकायले राम्ररी काम गर्न नसक्ने अवस्था रहेकाले मूल्यवृद्धि नियन्त्रण्ँ हुन नसकेको हो । नेपाल आयल निगमका प्रवक्ता मुकुन्दप्रसाद ढुंगेल बढ्दो घाटा धान्न पेट्रोलियम पदार्थको मूल्य पटकपटक बढाउनुपरेको बताउ“छन् । ‘अन्तर्राष्ट्रिय बजारमा कच्चा पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिका कारण निगमको घाटा धान्नै नसकिने गरी बढेकाले उक्त घाटा धान्न मूल्य बढाउनुपरेको हो,’ ढुङ्गेलले बताए । तर, पछिल्लोपटक अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियमको मूल्य भारी मात्रामा घट्दा पनि यहा“ भने मूल्य वृद्धि गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालमा प्रायः सबै उपभोग्य सामग्रीको बजार मूल्यमा एकरुपता पाइँदैन । नियमित बजार अनुगमन नहुँदा भान्सामा नभइ नहुने चिनीको

काठमाडौँ। नेपालको ऊर्जा क्षेत्रको विकासका लागि एकपछि अर्को लगानी गर्दै आएको कर्मचारी सञ्चयकोषले तामाकोशी पाँचौँमा १२ अर्ब रुपैयाँ ऋण उपलब्ध

पूर्वी नाका काँकडभिट्टाबाट बङ्गलादेश निर्यात हुने सामानको तुलनामा बढी आयात भएको मेची भन्सार कार्यालयको तथ्याङ्कले देखाएको छ । आर्थिक वर्ष

काठमाडौं । महालेखा परीक्षकको ५८औं वार्षिक प्रतिवेदन सदनमा पेस गर्नुपर्ने समयमा आएर बल्ल ५७औं प्रतिवेदन प्रतिनिधि सभामा पेस भएको छ