अपराधीका मुद्दा धमाधम फिर्ताको तयारी

२७ असार २०६९, बुधबार ०७:१३ मा प्रकाशित


काठमाडौं, २७ असार । प्रधानमन्त्री एवम् एकीकृत माओवादी उपाध्यक्ष डा. बाबुराम भट्टराई हत्यारा तथा अपराधीहरूको प्रिय बन्दै गएका छन् । प्रधानमन्त्री भट्टराईले एकपछि अर्को गर्दै हत्यारा तथा अपराधीहरूको मुद्दा फिर्ता लिने क्रमलाई तीव्रता दि“दै लगेपछि उनी अपराधीहरूको प्रिय नेता बन्न पुगेका हुन् । जनआन्दोलनपछि बनेका पा“च सरकारमध्ये सबैभन्दा बढी मुद्दा फिर्ता प्रधानमन्त्री भट्टराईले नै गरेका छन् । उनी अन्यमा जस्तै अपराधीहरूको मुद्दा फिर्ता लिनेमा पनि पहिलो नम्बरमा परेका छन् । उनले मात्र पा“च सयभन्दा बढीको मुद्दा फिर्ता लिइसकेका छन् भने ५६ थान मुद्दा फिर्ताका लागि मन्त्रिपरिषद्मा पेस भइसकेका छ । उनले अझै चार दर्जनभन्दा बढी मुद्दा फिर्ताका लागि कानुनी प्रक्रिया मिलाउन महान्यायाधिवक्ताको कार्यालयस“ग परामर्श मागिसकेका छन् ।
आफैंविरुद्ध लागेको बैंक डकैती मुद्दा फिर्ता लिएका प्रधानमन्त्री भट्टराईले पछिल्लोपटक आफू प्रधानमन्त्री पदमा निर्वाचित हुनुभन्दा एक दिनअघि अर्थात् असार १० गते उनीनिकटका मजदुर कार्यकर्ताले अध्यक्ष प्रचण्डनिकटका मजदुर नेता जमकट्टेलको हत्या गर्ने गरी साङ्घातिक आक्रमण गर्ने पा“च अभियुक्तको मुद्दा फिर्ता लिने तयारी गरेका छन् । जमकट्टेललाई रडले हानी हत्या गर्न खोजेको आरोपमा मुद्दा खेपिरहेका रमेश उपनामबाट चिनिने तारानिधि पन्त, इन्द्रबहादुर शाही, श्रीराम उपनाम भएका राम पुडासैनी, कमल बुढाथोकी र सुदीप कार्कीका मुद्दा उनले फिर्ता लिन लागेका हुन् । ती पा“च अभियुक्तको मुद्दा प्रधानमन्त्री भट्टराईको ठाडो निर्देशनमा फिर्ता लिन लागिएको हो । यसका लागि गृह मन्त्रालयले मुद्दा फिर्ताको प्रक्रिया मिलाई पठाउन महान्यायाधिवक्ताको कार्यालयमा पत्राचार गरिसकेको छ । महान्यायाधिवक्ता कार्यालयले गृहको पत्रअनुसार मुद्दा फिर्ताको तयारी गरी कानुनी प्रक्रिया पु¥याएर केही दिनभित्रै गृह मन्त्रालयमा पठाउने तयारी गरिरहेको छ ।
४ मंसिर ०६८ मा उनीहरूविरुद्ध ज्यान मार्ने उद्योगअन्तर्गत काठमाडांै जिल्ला अदालतमा मुद्दा दायर गरिएको थियो । काठमाडांै जिल्ला अदालतमा मुद्दा चलिरहेको छ । घटनालाई राजनीतिक अभियोग प्रमाणित गर्दै मुद्दा फिर्ताको तयारी गरिएको स्रोतले बतायो । यस मुद्दालाई प्राथमिकतामा राखी फिर्ताको प्रक्रिया मिलाउन महान्यायाधिवक्ता मुक्ति प्रधानले अन्य कर्मचारीलाई ताकेता गरिरहेका थिए । कानुन मन्त्रालय आफ्नै मातहतमा राखेका भट्टराईले अन्य कुख्यात उपराधीहरूको समेत मुद्दा फिर्ता लिने तयारी गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । पहिरोका कारण सिद्धार्थ राजमार्ग र तानसेन-तम्घास सडक अवरुद्ध भएको छ । सिद्धार्थ राजमार्गका धेरै ठाउँमा पहिरो खसेको र

नवलपरासी । नवलपुर (नवलपरासी पूर्व) को मध्यविन्दु नगरपालिका-१० मा पर्ने तीन वटा खहरेखोलाको डाइभर्सन बाढीले बगाएपछि पूर्व-पश्चिम राजमार्ग अवरुद्ध भएको

बागलुङ । निरन्तरको वर्षाका कारण बागलुङका दुई ठूला राजमार्ग अवरुद्ध भएका छन् । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको मध्यपहाडी पुष्पलाल

चितवन । विकास गतिमा तीव्ररुपमा अघि बढिरहेको भरतपुर महानगरपालिकामा योजना लिएर गएपछि रित्तो हात फर्किनु पर्दैन । महानगरभित्रका वडाध्यक्षहरू योजना

आजको प्रमुख समाचार