घरमै कुटिइन् राप्रपा नेतृ

२६ असार २०६९, मंगलवार २१:३७ मा प्रकाशित

काठमाडौं, २६ असार । राष्ट्रिय प्रजातन्त्र पार्टीकी केन्द्रीय सदस्य बिन्दु पहाडीले आफ्नै घरमा कुटाइ खाएकी छिन् । उनी दक्षिणपन्थी विचारवाहक भएका कारण कुनै क्रान्तिकारीबाट कुटिएकी नभई आफ्नै श्रीमान्बाट कुटिएकी हुन् । प्राप्त समाचारअनुसार आफ्ना पति नवराज पहाडीले तेस्री पत्नी ल्याएपछि काठमाडौंको स्युचाटारस्थित आफ्नै घरमा बस्दै आएकी बिन्दुले सोही घरको भाडाबाट आफ्नो जीवन गुजारा गर्दै आएकी थिइन् । सोमबार राति अचानक घरमा आएका श्रीमान् नवराज पहाडीले निर्घात कुटेपछि बिन्दुको कलङ्कीस्थित शहिद मेमोरियल अस्पतालमा उपचार भएको छ । हातपात गर्ने पति नवराजलाई प्रहरीले पक्राउ गरी कालिमाटीस्थित प्रहरी परिसरमा थुनामा राखिएको छ । अलग्गै बसिरहेकी पत्नीलाई त्यसरी मरणासन्न हुनेगरी कुट्नुको कारण सम्पत्तिसम्बन्धी विषय भएको बुझिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । साउन १५ गते आज नेपाली समाजमा खिर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही,

सर्लाही । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–३ भेल्हीस्थित निजी पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा नौ दिनको शिशुसहित तीन जनाको शव फेला परेको

काठमाडौं । सिन्धुलीगढीमा नेपाली सेनाले शुरु गरेको युद्ध सङ्ग्रहालयको निर्माण सम्पन्न भएको छ । युद्ध सङ्ग्रहालयको आज राष्ट्रपति विद्यादेवी भण्डारीले

काठमाडौं । चितवनमा दैनिक पाँच हजार रुपैयाँ दिएर यौन धन्दामा लगाइएका १० जनाको उद्धार गरिएको छ । प्रहरीका अनुसार चितवनको