एनअारएनए अमेरिकाका १३ स्टेट च्याप्टरहरूको माग, ‘निर्वाचन लक्षित सदस्यता विवाद अन्त्य गर’

३० बैशाख २०७४, शनिबार २३:२१ मा प्रकाशित

लसएन्जलस, ३० वैशाख । गैर अवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनअारएनए) अमेरिकाको आसन्न निर्वाचनका क्रममा सुरु गरिएको सदस्यता छानविन प्रक्रिया लक्षित र पूर्वाग्रही भएको भन्दै संघका स्टेट च्याप्टरहरूले सदस्यता विवाद अन्त्यका लागि निष्पक्ष रुपले सदस्यता छानविन गरेर मात्रै निर्वाचन कार्यक्रम सुरु गर्न आग्रह गरेको छ ।

शुक्रबार १३ स्टेट च्याप्टरका अध्यक्षहरूको संयुक्त बैठकले शुल्क तिरेका सदस्यताका लागि आवेदन दिएकाहरू मध्य छानविन गर्ने नाउँमा पूर्वाग्रह सहित ठुलो संख्यामा नामहरु हटाइएको पाइएकोले विवाद बढेको भन्दै विवाद समाधान गर्न तेस्रो विकल्प रोजेर निष्पक्ष छानविन सुरु गर्न उनीहरुले आग्रह गरेका हुन् ।


सदस्यता विवाद अन्त्यका लागि स्टेट च्याप्टरहरूले विकल्पको रुपमा डाटा भेरिफिकेसन मान्य आधिकारिक तेस्रो पक्ष मार्फत छानविन वा मतदान केन्द्र निर्धारण गरी परिचय पत्रको आधारमा निर्वाचन सम्पन्न गर्न सकिने र त्यसको लागि स्टेट च्याप्टरहरूले लाग्ने खर्च र स्रोत जुटाउने प्रतिवद्धता विज्ञप्ति मार्फत व्यक्त गरेका छन् ।

स्टेट च्याप्टरहरुका तर्फबाट शुक्रबार संयुक्त विज्ञप्ती जारि गर्दै विवादको घेरामा रहेको छानविन समिति र पूर्वाग्रही तवरले गरिएको छानिविन मान्य नहुने भन्दै अविलम्ब तेस्रो पक्षको संलग्नतामा निष्पक्ष छानविन सुरु गर्न आग्रह गरिएको हो । स्टेट च्याप्टरहरुका तर्फबाटनिष्पक्ष छानविन सुरु गर्न आग्रह गर्ने स्टेट च्याप्टरका अध्यक्षहरूमा जेदु पोखरेल-मेरिल्यान्ड, पुर्ण बानिया-क्यालिफोर्निया, सुमन बस्ती-इलिनियस, ईश्वरी भट्ट-न्यूह्याम्सायर, रेवती अधिकारी-नर्थक्यारोलिना, उत्तम लामीछाने-टेक्सस, जगनलाल श्रेष्ठ-मिचिगन, तेम्वा शेर्पा-न्यूयोर्क, राम ओझा-कनेक्टिकट, मोहन तिमिल्सिना-जर्जिया, वासुदेव खनाल-कोलोराडो, सुनिल राजकर्निका-अरेगन र विष्णु कार्की-म्यास्याच्युट रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ: भक्तपुरको खरिपाटीस्थित नेपाली सैनिक प्रतिष्ठानमा सञ्चालित ५९ औँ समूहको अधिकृत क्याडेट र २७ औँ समूहको प्राविधिक अधिकृत आधार तालीम

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई माधव नेपाल– झलनाथ खनाल पक्षले भोलि विहान ९ बजेसम्मको अल्टिमेटम

काठमाडौँ: गैरआवासीय नेपाली संघ (एनआरएनए) ले तत्काल करीब रु दुई करोड बराबरको स्वास्थ्य सामग्री नेपाल पठाउने निर्णय गरेको छ ।

काठमाडौँ: नेपालको आफ्नै भूउपग्रह राख्न आवश्यक अध्ययनका लागि चार कम्पनीले प्रस्ताव गरेका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले गत मङ्सिरमा पुरानो