दलहरुबीच पूर्णबजेट नल्याउने सहमति

२६ असार २०६९, मंगलवार २१:२३ मा प्रकाशित

काठमाडौं, २६ असार । एकीकृत नेकपा माओवादीको आह्वानमा आज सांझ बसेको सर्वदलीय बैठकमा दलहरुबीच पुर्णबजेट नल्याउने सहमति भएको छ । पुर्णबजेटमा सहमति जनाउन गरिएको आग्रह विपक्षी दलहरुद्वारा अस्वीकार गरिएपछि आंशिक बजेट मात्र ल्याउने सहमति भएको हो । यद्यपी खर्च धान्नेगरी पेस्की बजेट ल्याउने वा एक तृतियांश बजेट ल्याउने भन्ने विषयमा भने सहमति हुन नसकेको नेताहरुले बताएका छन् । सो विषयमा भोली पुनः सर्वदलीय छलफल हुने भएको छ । बैठकमा सहभागी कांग्रेस उपसभापति रामचन्द्र पौडेलले पूर्णबजेटमा सहमति जनाउन सत्तापक्षले गरेको प्रस्ताव अस्वीकार गरिएको बताउनुभयो । बैठकमा माओवादी अध्यक्ष प्रचण्डले पनि दलहरुबीच सहमति नभई पूर्णबजेट ल्याउन नमिल्ने धारणा राख्नुभएको बुझिएको छ ।
यसैबीच प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकारले लोकप्रिय र जनमुखी बजेट ल्याउने भएपछि विपक्षी दलहरु अत्तालिएर बजेटको विरोध गरेको आरोप लगाउनुभएको छ । लोकप्रिय बजेट ल्यार सरकार लोकप्रिय बन्ने सर निर्वाचनमा प्रतिस्पर्धा गर्न नसक्ने त्रासले दलहरुले बजेट ल्याउन नदिन खोजेको टिप्पणी उहांले गर्नुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । आठ वर्षअघि सुन्दरी प्रतियोगिताकी एक प्रतिस्पर्धीले आफूमाथि आयोजकले बलात्कार र यौन शोषण गरेको घटना सार्वजनिक गरेसँगै काठमाडौंको माइतीघरमा

हेटौंडा । स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत हेटौंडा उपमहानगरपालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । उपमहानगरपालिकाको मेयर पदमा नेकपा

काठमाडौं । प्रदेश सांसदबाट राजीनामा दिएर तीन जना नेता स्थानीय तह निर्वाचनमा लडे । करोडौं बजेट परिचालन गर्न पाइने र

कैलाली । कैलालीको लम्कीचुहा नगरपालिकाको मेयर र उपमेयरमा सुशीला शाही र जुना चौधरी निर्वाचित भएका छन् । नेपाली कांग्रेसबाट शाही