प्रधानसेनापति गुरुङ र भारतीय स्थलसेनाध्यक्षबीच भेटघाट

२६ असार २०६९, मंगलवार १८:५७ मा प्रकाशित

प्रधानसेनापति गुरुङ र भारतीय स्थलसेनाध्यक्षबीच भेटघाट
काठमाडौं, २६ असार । भारतीय स्थलसेनाध्यक्ष जनरल विक्रम सिंह पांचदिवसीय औपचारिक भ्रमणका लागि आज अपरान्ह विशेष विमानद्वारा काठमाडौं आइपुगेका छन् । एक महिनाअघि मात्र स्थलसेनाध्यक्ष नियुक्त भएका सिंह प्रधानसेनापति छत्रमान सिंह गुरुङको औपचारिक निमन्त्रणामा पहिलोपटक नेपाल आउका हुन् । सिंहको ६ सदस्यीय भ्रमण दललाई बलाधिकृत रथी गौरवशम्सेर ज.व.रा.ले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।
नेपाल आगमनलगत्तै सिंहलाई सैनिक मञ्चस्थित “वीर स्मारक”मा माल्यार्पण कार्याक्रममा सरिक गराइएको थियो भने भारतीय स्थलसेनाध्यक्षले प्रधानसेनापति गुरुङलाई उनकै कार्यकक्षमा भेट गरेका छन् । गुरुङ र सिंहबीच द्विपक्षीय सहयोग अभिवृद्धि लगायतका विषयहरुमा छलफल भएको सैनिक निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

कोरोना भाइरसको सङ्क्रमण आज एकै दिन तीन हजार ९३८ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार

काठमाडौं । तीन साता बितिसक्दा पनि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिन सकेका छैन । मन्त्रालयको टुंगो लाग्नु त परैजाओस्

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) माधव समूहको केन्द्रीय सदस्यहरुको बैठक जारी छ । काठमाडौंको बुद्धनगरस्थित एक पार्टी प्यालेसमा बसिरहेको

काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) ले कोरोनाविरुद्धको खोप लगाएका नेपालीलाई प्रवेश खुला गरेको छ । युएईले आजदेखि लागू हुने