पुत्र प्रकाशका कारण प्रचण्डको राजनीति धरापमा

२६ असार २०६९, मंगलवार १८:२० मा प्रकाशित

काठमाडौं, २६ असार । राष्ट्र नै बनाउंछु भनेर अघिसरेका एमाओवादी अध्यक्ष प्रचण्डले राष्ट्रलाई कुन हालतमा पुर्याए भन्ने त सबैले देखो–भोगेकै कुरा हो । देश अलपत्र तुल्याएका उनले पछिल्लोपटक पार्टी नै चिरा पारेर अर्को ‘उपलब्धि’हासिल गरेका छन् । आफ्नो परिवारसमेत सम्हाल्न नसक्नेले के देश बनाउने कुरा गर्नु भनेर समेत औंलो उठ्न थालेको छ प्रचण्डमाथि यतिखेर । यसरी देश र पार्टी सम्हाल्न नसकेका उनीमाथि थप आक्षेप लाग्ने अवस्था निम्त्याइदिएका छन् उनकै ‘सुपुत्र’ प्रकाशले । अर्थात्, अखिल क्रान्तिकारीकी केन्द्रीय नेतृ एवं सरस्वती क्याम्पसकी स्ववियु सभापति समेत रहेकी विना मगरलाई ‘कान्छी’ बनाएर प्रकाश कुलेलम भएपछि प्रचण्डलाई यस्तो आपत आइलागेको हो ।
बितेको पांच दिनदेखि पार्टी र परिवारको सम्पर्कमा छैनन् प्रचण्डपुत्र प्रकाश । केही साताअघि एउटै टोलीमा रहेर सगरमाथा आरोहण गर्दा आपसमा नजिकिए पनि आफ्ना सम्बन्धका बारे भइरहेका टीका–टिप्पणीलाई उनीहरुले अस्वीकार गर्दै आएका थिए । तर, अहिले ति सब टिकटिप्पणी सही सावित भएको छ । प्रकाश २१ असारदेखि सम्पर्कविहीन भएको प्रचण्डका निजी सचिव समीर दाहालले पुस्टि गरेका छन । ‘सगरमाथा आरोहण गरेको टिमसित घुम्न जान्छु भनेर बाहिर गएका थिए, तर अहिले कहा“ गए हामीलाई पनि थाहा छैन,’ समीरको भनाई छ । ‘शेर्पाहरुसंग घुम्न जान्छु भनेर निस्किएपछि २१ गतेदेखि सम्पर्क भएको छैन ।’ प्रकाशले घरमा सगरमाथा आरोहण टोलीसित घुम्न जाने बताए पनि सो टोलीका सदस्य विनाबाहेक अन्य कोही पनि कतै नगएको आरोहण दलका टोली नेता कृष्ण केसीले बताए । उनले भने, ‘हामी कहीं पनि गएका छैनौं, उहांहरु (प्रकाश र विना) कहां जानुभयो जानकारी छैन ।’
शान्ति र संविधानका लागि भन्दै सगरमाथा आरोहणका क्रममा प्रकाश र बिनाको बारेमा समाचार आएपछि उनीहरुले आफुहरुविरुद्ध भ्रामक समाचार छापेको भन्दै काठमाडौं जिल्ला अदालतमा गालि बेइज्जती मुद्दा दायर गरका थिए । सो मुद्दामा उनीहरुले समाचारका कारण पारिवारिक विचलन आइ परिवार तथा समाजमा बस्ने र बांच्न सक्ने वातावरणसमेत बिग्रिएको, मानसिक तनाव उत्पन्न भएकाले उचित Ôतिपूर्ति समेत दिलाइ–भराई न्याय पाऊ“’ भनेका थिए । मुद्दामा सगरमाथा आरोहण टोलीमा संलग्न कृष्ण केसी, युवराज दुलाल, सरल सहयात्री पौडेल, शिव डांगी, काजी शेर्पालगायतलाई साÔी बनाइएको थियो ।
कञ्चनपुर स्थायी घर भएकी बिनाले सुर्खेतका शंकर अधिकारीसंग तीन वर्षअघि विवाह गरेकी थिइन् । शंकर पार्टीको पूर्णकालीन कार्यकर्ता हुन् । माओवादीमा आएको विभाजनपछि बिना एमाओवादी र शंकर नेकपा–माओवादीतिर लागेका छन् । पार्टी विभाजन संगै उनीहरुबीच सम्वन्धमा तिक्तता आएको थियो । घर र पार्टीमा सधैं अराजकता मात्र मच्चाइ रहने प्रकाश दुईवटा श्रीमतीका पति भइसकेका छन् । उनले पहिलो विवाह नेता पोष्टबहादुर बोगटीकी छोरी प्रभा बोगटीसंग ०६२ फागुन १२ गते गरेका थिए । उनको विबाहमा प्रधानमन्त्री बावुराम भट्टराई, कृष्णबहादुर महरा, हिसिला यमी, हरिभक्त कंडेल, असारे काका (इश्वरी दाहाल) लगायत प्रवासका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो । प्रभासंग प्रकाशले २०६४ जेठ २२ गते नयांबजारस्थित तत्कालीन प्रचण्ड निवासमै सम्वन्ध विच्छेद गरे । पहिलो श्रीमतिसंग सम्वन्ध विच्छेद गरेको झण्डै आठ महिनापछि कास्की हेम्जाकी सिर्जना त्रिपाठीसंग २०६४ माघ ३ गते दाश्रो बिहे गरेका थिए । सिर्जना–प्रकाशको अहिले एक छोरो पनि छ । अहिले विनासंग भागेपछि प्रकाशले तेस्रो विबाह गरेको चर्चा चलेको छ । तरुनी,, रक्सी र पैसा भनेपछि हुरुक्कै हुने प्रकाशलाई थोरै रक्सीले कहिल्यै नपुने प्रचण्डका एक सहयोगीले बताए । युद्धकालमा पनि प्रकाशका नाम धेरै युवतीहरुसंग जोडिएर आउने गथ्र्यो । तर, प्रचण्डले त्यसलाई सामसुम पार्दै आएका थिए । उनले आफु निकट नेताहरुसंग छोराकै कारण आफ्नो राजनीति सकिने पो हो कि भन्ने चिन्ता लाग्छ भन्दै गुनासो समेत पहिलेदेखि नै गर्दैआएको खुलासा भएको छ । उनले साथीहरुसंगै राखेर छोरा प्रकाशलाई ‘मेरो राजनीतिक भविष्य तेरो हातमा छ, त्यसैले तलाई के मन लाग्छ त्यही गर, मलाई अघि बढाउने हो या पछिपार्ने हो आफैं विचार गर्’ भनी सम्झाउने गरेका थिए । श्रोतका अनुसार प्रकाश र बिनाको सम्बन्धबारे चर्चा चुलिएपछि पनि प्रचण्डले छोरा प्रकाशलाई केही दिनअघि सोधपुछ गर्दै व्यवहार परिवर्तन गर्न चेतावनी पनि दिएका थिए । विनासंग नाम जोडिएको बारेमा सर्वत्र चर्चा चलेपछि प्रचण्डले चासो लिंदै छोरालाई हप्काउंदा प्रकाशले रुदै इन्कार गरेको पनि बताइन्छ ।
प्रचण्डका एक सहयोगीका अनुसार परिवारमा बाबु प्रचण्डबाहेक अरु कसैलाई पनि गन्दै नगन्ने प्रकाशले विनासंगको सम्वन्ध नजिंकिंदै गएपछि दोस्रो श्रीमती सिर्जनासंग दैनिक झगडा गर्दै आएका थिए । उनी रक्सी खाएर पटक–पटक सिर्जनामाथि जाइलाग्ने गर्थे । मुलुकमा आफ्नो बाबु प्रचण्डबाहेक अरु कसैलाई पनि नेता नगन्ने प्रकाशको खप्की एमाले बरिष्ठ नेता माधव कुमार नेपालले समेत पटक–पटक खानुपरेको थियो ।
त्यसो त प्रचण्डको परिवार यौन सम्वन्ध राखे र सम्वन्ध विच्छेद गर्दै अर्को विवाह गर्ने मामिलामा अरु भन्दा निकै कदम अघि नै छ । यसअघि प्रचण्डका छोरीहरुले पनि पहिलो पतिसंग सम्वन्ध विच्छेद गर्दै दोस्रो विवाह गरेका छन् । छोरीहरुले दोस्रो विवाह गर्नुमा प्रचण्ड–पत्नी सिताको प्रमुख भूमिका रहेको बताइन्छ भने प्रकाशले पहिली पत्नीसंग सम्वन्ध विच्छेद गर्नुमा पनि सिताकै हात रहेको दाबी गरिएको छ । अहिले विनासंगको सम्वन्धका बारेमा पनि प्रचण्ड पत्नी सितालाई राम्रो जानकारी थियो । स्रोतले भन्यो– ‘विनासंग घुमघाम गर्दा लाग्ने खर्च आमा सिताले नै उपलब्ध गराउ‘दै आएकी थिइन् ।’
यसैबीच केटी लिएर भागेको पुष्टि गर्दै एमाओवादी पोलिटव्यूरो बैठकले प्रकाशलाई नेवा ः राज्यसमितिको सदस्य पदबाट निलम्बन गरेको छ । पार्टी मुख्यालय कोटेश्वरमा बसेको बैठकले प्रकाशमाथि लागेका आÔेपका विÈयमा छानबिन गर्न सजिलो होस भनेर सदस्य पदबाट निलम्बन गरिएको प्रवक्ता दीनानाथ शर्माले बताए । एमाओवादी बैठकमा अध्यÔ दाहालले नै आºना पुत्र प्रकाशलाई निलम्बन गर्न प्रस्ताव गरेका थिए । उनको प्रस्तावलाई बैठकले सर्वसम्मतिले अनुमोदन गरेको थियो । बैठकमा निकै भावुक रुपमा प्रस्तुत भएका दाहालले छोराको व्यवहारबाट सबैभन्दा घाटा आफूलाई भएको दुखेसो पोखेको बेठकमा सहभागी एक नेताले जनाए ।

प्रतिक्रिया
सम्बन्धित खवर

अभिनेत्री मिया खालिफाले श्रीमानसँग सम्बन्धविच्छेद गरेकी छन् । हालै उनले आफुले सम्बन्धविच्छेद गरेको घोषण गरेकी हुन् । खलिफाले श्रीमानसँग अलग

काठमाडौँ । गायक स्वरूपराज आचार्य र गायिका अस्मिता परियारको आवाजमा रहेको ‘माया गर्ने मान्छे’ बोलको गीत सार्वजनिक भएको छ ।

काठमाडौं । म्युजिक भिडियोमा डेब्यु गरेका अमेरिकाको पेन्सिलभिनिया राज्यको पिटर्सबर्ग निवासी पुर्ण लम्साल अभिनित ‘तिमी छौ र’ बोलको को म्युजिक

अमीषा पटेल अभिनेत्री अमीषा पटेल अभिनेता ऋतिक रोशनको फिल्म ‘कहो ना प्यार है’बाट अभिनयमा डेब्यु गरेकी हुन् । त्यसपछि उनले