मुस्लिम आयोगका अध्यक्ष हटाउन माग गर्दै उजूरी दर्ता

२६ असार २०६९, मंगलवार १८:१५ मा प्रकाशित

काठमाडौं, २६ असार । मुस्लिम आयोगका अध्यक्ष निर्दोष अलीलाई तत्काल पदबाट हटाउन उनकै दलनिकट मुस्लिम समुदायले माग गरेका छन् । एमाओवादीनिकट मुस्लिम मुक्ति मोर्चाका नेवाः राज्य संयोजक नजी बुल्लाह अन्सारीको नेतृत्वमा गएको टोलीले पदबाट हटाउन मागसहित हिजो मंगलबार उजूरी गरेको छ । अलीलाई इस्लाम धर्मविरोधी र मुस्लिमविरोधी भन्दै प्रधानमन्त्री कार्यालय, एनेकपा माओवादी केन्द्रीय कार्यालय, स्थानीय विकास मन्त्रालय र मुस्लियम आयोगको केन्द्रीय कार्यालयमा उजूरी दर्ता गरिएको हो । नेवाराज्य संयोजक अन्सारीले मुस्लिम समुदायमै आँच आउने गरी अलीको नियुक्ति हुनु दुर्भाग्यपूर्ण भन्दै तत्काल पदबाट बर्खास्त गर्न माग गरे । तत्काल पदबाट नहटाए संघर्षमा जाने घोषणा गर्दै ३० लाख मुस्लिमको हितमा काम गर्नुपर्ने निकायमा मुस्लिमविरोधी अभिव्यक्ति दिने व्यक्ति आउनुले आफूहरु विरोधमा उत्रिन वाध्य भएको उनले बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा एमालेको बरिष्ठ नेता माधव नेपाल पक्ष सरकारमा सहभागी हुने भएको छ । माओवादी अध्यक्ष प्रचण्डले स्थायी कमिटी

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा ३ हजार ८ सय ९९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने २० जनाको

काठमाडौँ । नेपाली कांग्रेसले देशभरका आठ लाख ५२ हजार ७११ जनालाई क्रियाशील सदस्यता प्रदान गरेको छ । कांग्रेसको क्रियाशील सदस्यता

काठमाडौं । चौधौं महाधिवेशनको निकट आइपुगेको दल नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बिहान बस्न लागेको छ। आज बिहान ९ बजे