दलहरुको असफलताबाट पूर्वराजा फर्कने हिसिलाको स्वीकारोक्ति

२६ असार २०६९, मंगलवार १८:१२ मा प्रकाशित


काठमाडौं, २६ असार । एकीकृत नेकपामाओवादीकी पोलिटब्यूरो सदस्य हिसिला यमीले पूर्वराजा ज्ञानेन्द्र शाह फर्कन सक्ने बताएकी छिन् । रिपोर्टर्स क्लब नेपाल साक्षात्कारमा बोल्दै दलीय प्रणाली असफलतातिर बढेकाले पूर्वराजा फर्कन सक्ने उनको तर्क थियो ।
बूढी मरी भन्दा काल पल्केला भन्ने डर भइसक्यो भन्दै उनले दलहरु सत्ताको लुछाचुडी गर्दा पूर्वराजालाई फाइदा पुगिरहेको टिप्पणी गरिन् । नेपाली कांग्रेस र नेकपा एमाले सत्तामा मात्र केन्द्रित भइ रहकोमा आलोचना गर्दै सहमतिका लागि लचिलो नभए ठूलो क्षति भोग्नुपर्ने उनले औंल्याइन् । प्रधानमन्त्रीकी पत्नीसमेत रहेकी यमीले शान्ति र संविधानमा प्याकेज–सहमति भए प्रधानमन्त्री डा. बाबुराम भट्टराई राजीनामा दिन तयार भएको बताइन् । ‘बाबुरामले जेठ १४ मै राजीनामा दिन ठिक्क परिसक्नुभएको थियो,’ भट्टराईमाथि पदलोलुप भनी लागेको आरोपको उनले खण्डन गरिन् । प्रधानमन्त्रीले पदमा रहिदिएर देशलाई दुर्गतिमा जानबाट रोक्ने भूमिका निर्वाह गरिरहेको उनको दाबी थियो । राष्ट्रिय सहमति निर्माणका लागि सर्वदलीय बैठक डाक्दा नेपाली कांग्रेस, नेकपा एमालेलगायतका दलहरुले बहिष्कार गरेकोमा उनले दुःख मानिन् । बाबुराम र प्रचण्डबीच अन्तद्र्वन्द्व बढाएर फाइदा लिन कांग्रेस र एमाले सक्रिय रहेको आरोप लगाउंदै उनले भनिन्– ‘उहाँहरु बाबुरामले डाकेको बैठक बहिष्कार गर्नुहुन्छ, हाम्रै पार्टी अध्यक्ष प्रचण्डले डाकेको बैठकमा जानुहुन्छ ।’
पूर्ण बजेट ल्याउन सरकार दृढ रहेको भन्दै यमीले कुनै पनि चुनौतीका सामु नझुक्ने बताइन् । विपक्षी दलहरुलाई आंशिक बजेटको मुद्दा लिएर सडकमा जान र नेकपा–माओवादीलाई जनयुद्धमा गएर देखाउन उनले चुनौती समेत दिइन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या

काठमाडौँ। नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ । सोमबार दिउँसो १ बजे बैठक बोलाइएको छ । समसायिक राजनीतिक

नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य देवेन्द्र पौडेलले निकट भविष्यमै नेकपा (एमाले) माधवकुमार नेपाल पक्षसँग पार्टी एकता हुन सक्ने

काठमाडौं । कुम्भमेलामा भाग लिएर पूर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाह स्वदेश फर्किएका छन् । १० दिन लामो भारत भ्रमण सकेर