वैदेशिक रोजगारीमा जानेहरुको स्वास्थ्य परीक्षण गर्न शुल्क बढ्यो

२६ असार २०६९, मंगलवार १४:४४ मा प्रकाशित

काठमाडौ, २६ असार । नेपाल स्वास्थ्य व्यवसायी महासङ्घले आउने साउन १ गतेदेखि लागु हुने गरी वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्न नयाँ शुल्क निर्धारण गरेको छ । महासङ्घका अनुसार स्वास्थ्य परीक्षण शुल्क पुरुषका लागि प्रतिव्यक्ति दुई हजार ९ सय ४०  र महिलाका लागि प्रतिव्यक्ति तीन हजार एक सय रुपैयाँ निर्धारण गरिएको छ । सरकारले वैदेशिक रोजगारका लागि खुला गरेका मुलुकमा जाने कामदारको स्वास्थ्य परीक्षण अहिले दुई सय पाँच स्वास्थ्य संस्थाबाट भइराखेको छ । स्वास्थ्य परीक्षण स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तोकेको ढाँचामा हुनुपर्ने प्रावधान छ । महासङ्घका अध्यक्ष प्रवीण तिवारीले वैदेशिक रोजगारीको स्वास्थ्य परीक्षणसम्बन्धी निर्देशिका २०६९ पनि जारी गरिएको जानकारी दिनुभएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । स्थानीय निर्वाचनमा सोचेअनुरुपको जीत हासिल गर्न नसकेपछि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली सन्निपातको विरामीझै बरबराउन थालेका छन्

काठमाडौं । फोर्ब्स म्यागेजिनले सार्वजनिक गरेको ३० वर्ष मुनिका ३० जना प्रभावशाली एसियान युवाको सूचीमा ५ जना नेपाली परेका छन्

काठमाडौं । यसपटकको स्थानीय तहको निर्वाचनमा एमाले नराम्ररी पछारिएको छ । अघिल्लो निर्वाचनको भन्दा ९० स्थानीय तहमा मात्र पराजित भएको

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्रीबाट पदच्युत गरी देउवालाई प्रधानमन्त्री बनाउन माधवकुमार नेपालको ठूलो योगदान छ । यदि माधव