अमेरिकी सपना पुरा गर्ने सहज मार्ग इडिभीको नतिजा सार्वजनिक

२० बैशाख २०७४, बुधबार ०९:०६ मा प्रकाशित

काठमाडौँ, २० वैशाख । अमेरिकी सपना पुरा गर्ने सहज मार्ग र भाग्योदयका रुपमा समेत लिइने अमेरिकी डाइर्भसिटी भिसा (इडिभी) २०१७ को नतिजा सार्वजनिक भएको छ । स्टेट डिपार्टमेन्टको ब्युरो अफ कन्सुलर एफियर्सका अनुसार सन् २०१६ को अक्टोबर ४ देखि नोभेम्बर ७ सम्म इडिभी प्रोग्राम अन्तर्गत योग्यता पुगेकाहरुले भरेको डिभी लोटरीको रिजल्ट सार्वजनिक भएको हो । स्टेट डिपार्टमेन्टको ब्युरो अफ कन्सुलर एफियर्सको वेब साइटले डिभी चिठ्ठाको नतिजा अमेरिकी समय अनुसार मंगलबार मध्यान्ह सार्वजनिक गरेको हो । ब्युरो अफ कन्सुलर एफियर्सले सन् २०१६ अक्टोबर ४ देखि नोभेम्बर ७ सम्म इडिभी कार्यक्रमअन्तर्गत फर्म भरेकाहरुको डिभी चिठ्ठा नतिजा सार्वजनिक गरेको हो । यो कार्यक्रम अन्तर्गत अमेरिकी सरकारले नेपाल सहित संसारका विभिन्न मुलुकबाट ५० हजार आप्रवासीलाई कानुनी रुपमा अमेरिका भित्र्याउने गरेको छ ।
सार्वजनिक गरिएको नतिजा  https://www.dvlottery.state.gov लिंकमा गएर हेर्न सकिनेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । कोरोना संक्रमण र मृत्युमा आज पनि नयाँ रेकर्ड कायम भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१३१६

काठमाडौं । नेपाली काँग्रेसले पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनाउन आवश्यक समर्थन जुटाउने निर्णय गरेको छ । काँग्रेस सभापति

काठमाडौँ । कोरोना संक्रमित पूर्वरानी कोमल शाहलाई आइसीयूबाट वार्डमा सारिएको छ । १८ दिनअघि अस्पताल भर्ना भएकी उनलाई केहीदिनपछि प्लाज्मा

एक महिनाअघि वैदेशिक रोजगारीका क्रममा खाडी मुलुक दुबई पुगेका झापा, कमल गाउँपालिकाका चार युवा अलपत्र परेका छन् । स्थानीय दलालमार्फत