‘कार्यकारी अधिकार माथि न्यायपालिकाले हस्तक्षेप गरेका कारण महाअभियोग प्रस्ताव’

१९ बैशाख २०७४, मंगलवार ०२:३० मा प्रकाशित

काठमाडौँ, १८ वैशाख । सतारुढ दल नेपाली काँग्रेसले कार्यपालिकाको कार्यकारी अधिकार माथि न्यायपालिकाले निरन्तर हस्तक्षेप गरेका कारण प्रधानन्यायधिश सुशीला कार्कीविरुद्ध अविश्वास प्रस्ताव संसदमा दर्ता गर्नु परेको बताएको छ ।

सोमबार पार्टी केन्द्रीय कार्यालयमा संवाददाताहरुसंग कुरा गर्दै काँग्रेस नेताहरुले न्यायालयका गरिमा र क्षेत्राधिकार भन्दा बाहिर गएका कारण प्रधानन्याधीशमाथि महाअभियोग प्रस्ताव संसदमा दर्ता गराउनु परेको बताएका थिए ।

संवाददाताहरुसंगको कुराकानीमा काँगेस नेताद्वय कृष्ण सिटौला र रमेश लेखकले गृहमन्त्री बिमलेन्द्र निधिले दिएको राजीनामालाई पार्टीको आन्तरिक मामला भनेका छन् ।

गृहमन्त्रि नीधिको राजिनाका बारेमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पार्टी सभापति शेरबहादुर देउवाले टुंगो लगाउने उहाँहरुले सिटौलाको भनाइ थियो ।

पत्रकार भेटघाटमा नेताहरुले प्रधानन्यायाधीशले स्वतन्त्र न्यायपालिकको सिद्धान्त विपरीत नियतबस अदालतका निर्णय गरेको र सरकारको कार्यकारिणी अधिकारमाथि हस्तक्षेप गरेको आरोप लगाएका थिए ।

कार्यक्रममा काँग्रेस महामन्त्री डा शशाङ्क कोइरालाले आफ्नो पार्टी सदैव स्वतन्त्र र निष्पक्ष न्यायपालिकाको पक्षमा रहेको बताउँदै स्वतन्त्र न्यायपालिकाको गरिमा जोगाउन प्रधानन्यायाधीशविरुद्ध महाअभियोग दर्ता भएको धारणा व्यक्त गरे ।

संचारकर्मिहरुसंगको कुराकानीमा महामन्त्री शशांक कोइरालाले संविधान संशोधनको प्रस्ताव संसदमा रहेको र प्रक्रिया पुगेपछि संशोधन हुने विश्वास व्यक्त गर्दै यसका कारण पहिलो चरणको चुनाव प्रभावित नहुने स्पष्ट पारे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । कोरोना संक्रमण र मृत्युमा आज पनि नयाँ रेकर्ड कायम भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१३१६

काठमाडौं । नेपाली काँग्रेसले पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनाउन आवश्यक समर्थन जुटाउने निर्णय गरेको छ । काँग्रेस सभापति

काठमाडौँ । कोरोना संक्रमित पूर्वरानी कोमल शाहलाई आइसीयूबाट वार्डमा सारिएको छ । १८ दिनअघि अस्पताल भर्ना भएकी उनलाई केहीदिनपछि प्लाज्मा

एक महिनाअघि वैदेशिक रोजगारीका क्रममा खाडी मुलुक दुबई पुगेका झापा, कमल गाउँपालिकाका चार युवा अलपत्र परेका छन् । स्थानीय दलालमार्फत