प्रधानमन्त्रीको कदमविरुद्ध राष्ट्रपतिको ध्यानाकर्षण

२६ असार २०६९, मंगलवार १३:१६ मा प्रकाशित

काठमाडौं, २६ असार । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल व्यवस्थापनको जिम्मेवारी भारतीय कम्पनीलाई दिने सरकारको तयारी, लगानी बोर्ड ऐन र सुपुर्दगी ऐनले देशको सार्वभौमिकता एवम् स्वाभिमानमा गम्भीर असर पु¥याउने ठहर गर्दै नेपाल क्रान्तिकारी युवा संघ र नेपाल क्रान्तिकारी विद्यार्थी संघले राष्ट्रपति डा. रामवरण यादवलाई एक ध्यानाकर्षण पत्र बुझाएका छन् । राष्ट्रपतिसमक्ष बुझाइएको पत्रमा भनिएको छ– ‘प्रधानमन्त्री डा.बाबुराम भट्टराईको भारत भ्रमणका क्रममा नेपाल सरकार र उक्त कम्पनीबीच भएको समझदारीका आधारमा देशको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल व्यवस्थापनको जिम्मेवारी विदेशी कम्पनीलाई दिने कदमले देशको सार्वभौमिकता र स्वतन्त्रतामा गम्भीर चोट पुग्ने देखिन्छ । राजधानीमै रहेको अन्तर्राष्ट्रिय विमानस्थल सुुरक्षाको दृष्टिकोणले अत्यन्त संवेदनशील र महत्वपूर्ण अङ्ग विदेशीको हातमा पुग्नेछ र त्यसले देशकै राष्ट्रिय सुरक्षामा आंच आउनु स्वाभाविक छ । देशको हित एवम् सुरक्षा संवेदनशीलतालाई पूर्णतः उपेक्षा गर्दै मनोमानी ढङ्गमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भारतीय कम्पनी आइएल एण्ड एफएसलाई दिने वर्तमान सरकारको राष्ट्रघाती कदमको हामी विरोध गर्दछौं । सरकारको यो राष्ट्रघाती कदम तत्काल फिर्ता लिनुपर्नेमा हाम्रो जोडदार माग छ । साथै सरकारले उक्त कम्पनीसित गरेको समझदारी पत्र (एमओयू) अविलम्व सार्वजनिक गर्नुपर्दछ ।’ यसैगरी, सरकारद्वारा हालै अध्यादेशमार्फत जारी सुपुर्दगी ऐनले देशको सार्वभौमिकता एवम् स्वाभिमानमा गम्भीर असर पु¥याउने हाम्रो ठहर छ भन्दै राष्ट्रहितविपरीतका सम्पूर्ण सन्धि–सम्झौता र ऐनहरू अविलम्व खारेज गर्नुपर्नेमा पनि विज्ञप्तिमार्फत् ध्यानाकर्षण गराइएको छ । ध्यानाकर्षण पत्र बुझ्दै राष्ट्रपति डा. रामवरण यादवले सरकारलाई राष्ट्रिय हितका बारेमा सचेत र सजग गराएर विमानस्थल व्यवस्थापन प्रकरणबारे सम्बन्धित निकायलाई पत्र काटेर बुझ्ने वचन दिनुभएको बताइएको छ । देशको सार्वभौमिकता र भूअखण्डताप्रति युवा–विद्यार्थीहरुको चासो सकारात्मक भएको बताउँदै उहाँले राष्टिय एकता, सार्वभौमिकता र भूअखण्डता कमजोर हुँदै गएको विषय सबैको चासो र ध्यान पुग्नुपर्ने समेत राष्ट्रपतिले बताउनुभएको थियो । ध्यानाकर्षण पत्र बुझाउन नेपाल क्रान्तिकारी युवा संघका केन्द्रीय अध्यक्ष उकेश कवां र नेपाल क्रान्तिकारी विद्यार्थी संघका केन्द्रीय सचिव सरोजकुमार साहकोे नेतृत्वमा युवा विद्यार्थीहरुको एक टोली शित निवास पुगेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले माधवकुमार नेपाल पक्षलाई धेरै प्रतीक्षा गर्न उचित नहुने बताएका छन् । शुक्रबार पार्टी

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं सांसद भीम रावलले मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) सम्झौता संशोधनपछि मात्र पारित गर्न माग गर्नुभएको

काठमाडौँ । बझाङकी हेवन उपाध्याय ‘खामोशी विथ लाइफ’को अन्तर्राष्ट्रिय विजेता बनेकी छिन् । बहिरा व्यक्तिहरूको सीप, क्षमता र कौशलता प्रदर्शन

लण्डन । बेलायतमा लामो समयदेखि बस्दै आउनुभएकी कवयित्री प्रतिभा केसी यस वर्ष अनेसास सुप्रमा इप्रमा पुरस्कारबाट सम्मानित हुनुभएको छ ।