बाँकेमा जारी जिविस कपमा वेष्टजोन २३ रनले बिजयी

२६ असार २०६९, मंगलवार ११:५६ मा प्रकाशित

बाँके, २६ असार । बाँकेमा जारी जिविस कप क्रिकेट प्रतियोगिताको आज बिहान भएको खेलमा बेष्टजोन मा बि नेपालगन्ज २३ रनले बिजयी भएको छ । नेपालगन्जको मगल प्रसाद उच्च मा वि को खेल मैदानमा टस हारेर पहिला ब्याटिग गरेको वेष्टजोन १७ ओभरमा अल आउट हुदै ८९ बनाएको थियोे । जवाफी ९० रनको लक्ष्य लिएर ब्याटिग गरेको आर्दश १४ ओभर २ बलमा ६६ रनमै अल आउट भएको थियो त्यसैगरि दोस्रो खेलमा बागेश्वरि एकेडेमी कोहलपुर प्रतिोगितामा सहभागी नभए पछि वाक ओभरका आधारमा महेन्द्र नमुना उच्च मावि नेपालगञ्ज बिजयी भएको क्रिकेट प्रशिक्षक दिपेन्द« प्रताप सिंहले जानकारी दिनुभयो । प्रतियोगितामा दिउँसो २ बजे पछि हुने तेस्रो खेलमा सनविम मावि नेपालगञ्ज र एन्जल्स हाई स्कुल विच प्रतिष्पर्धा हुनेछ । प्रतियोगिता जिविसको सहयोगमा ११ गते बाट सुरु भएको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

इन्डियन प्रिमियर लिग (आइपिएल) टी-२० क्रिकेट अन्तर्गत आजको दोस्रो खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ । दिल्लीले पञ्जाब किङ्सलाई ६

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) टी-२० क्रिकेट अन्तर्गत मुम्बइ इन्डियन्स विजयी भएको छ । शनिबार राति सम्पन्न खेलमा मुम्बइले

काठमाडौं । त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत नेपालले विजयी सुरुवात गरेको छ । आज भएको उद्घाटन खेलमा नेपालले नेदरल्यान्ड्सलाई ९ विकेटले

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) टी-२० क्रिकेट अन्तर्गत चेन्नइ सुपर किङ्स विजयी भएको छ । प्रतियोगितामा पहिलो जित हासिल