बिदेशमा युवाको ज्यान गएपछि परिवार बिचल्लीमा

२६ असार २०६९, मंगलवार ११:५४ मा प्रकाशित

गुल्मी, २६ असार । धन कमाउन दुबई पुगेका एक युवाको सडक दुर्घटनामा ज्यान गएपछि गुल्मी थानपति गाविसको एक परिवार बिचल्लीमा परेको छ । थानपति २ थोर्गाका ३१ बर्षका निलु बिकको  घरबाट गएको ४६ दिनमै गत जेठ २२ गते बाटो काट्दै गर्दा गाडीले ठक्कर दिएपछि ज्यान गएको थियो । भएको जग्गामा खेती गरेर एक महिना पनि खान नपुग्ने अवस्थाका बिकको मृत्यु भएपछि परिवार बिचल्लीमा परेको हो । घरमा श्रीमती, ३ बर्षीया छोरी आयुष्मा सहित ६ जनाको परिवार छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । बेलायतको लिड्स विश्वविद्यालयमा प्राध्यापक रहनुभएका डा सूर्यप्रसाद सुवेदीलाई अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घले कानुनी सल्लाहकारमा नियुक्ति गरेको छ ।

काठमाडौं । सामाजिक अभियानकर्मी डा विष्णुमाया परियारका बारेमा विश्वव्यापी कलेजका पाठ्यपुस्तकमा पढाइ हुने भएको छ । अमेरिकी प्रकाशक म्याकग्रो हिलले

लण्डन । बेलायतमा लामो समयदेखि बस्दै आउनुभएकी कवयित्री प्रतिभा केसी यस वर्ष अनेसास सुप्रमा इप्रमा पुरस्कारबाट सम्मानित हुनुभएको छ ।

लन्डन । नेपाल पत्रकार महासङ्घ (एफएनजे) युके शाखाले एक समारोहबीच पत्रकार श्रीभक्त खनाललाई यस वर्षको ‘एफएनजे युके वर्ष पत्रकारिता पुरस्कार’