भारतीय स्थलसेना अध्यक्ष नेपाल भ्रमणमा

२६ असार २०६९, मंगलवार ११:५३ मा प्रकाशित

काठमाडौ, २६ असार । भारतीय स्थलसेना अध्यक्ष जनरल विक्रम सिंह आज पाँच दिने नेपाल भ्रमणको क्रममा काठमाडौ आई पुग्नु भएको छ । एकमहिना अघि भारतीय सेना अध्यक्षको जिम्मेवारी सम्हाल्नु भएका सिंहको यो पहिलो नेपाल भ्रमण हो ।  पाँचदिने भ्रमणका सिलसिलामा काठमाण्डु आउनु भएका सिंहले राष्ट्रपति डाक्टर रामबरण यादव, प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईसँग पनि भेट गर्ने कार्यक्रम रहेको छ । सिंहलाई राष्ट्रपति यादवबाट मानार्थ महारथीको दज्र्यानी चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको छ । काठमाडौ ओर्लिए लगत्तै उहाँले सैनिक मञ्चमा पुगेर वीर स्मारकमा माल्र्यापण गर्नु भएको थियो । त्यसपछि उहाँ नेपाली सेनाले गर्ने विशेष सम्मान समारोहमा सहभागि हुनुभएको थियो । भोलि बेलुका  राष्ट्रपति भवनमा आयोजना गरिने विशेष समारोहमा राष्ट्रपति डा रामवरण यादवबाट नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरिने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या

काठमाडौँ। नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ । सोमबार दिउँसो १ बजे बैठक बोलाइएको छ । समसायिक राजनीतिक

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभा सदस्यबाट पदमुक्त भएका नेकपा एमालेका नेता रामबहादुर थापा बादललाई गृहमन्त्रीमै पुनः नियुक्ति गर्ने

काठमाडौं । नेपाल आयल निगमले पुनः पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । इण्डियन आयल कर्पोरेशनबाट शुक्रबार प्राप्त मूल्य सूचीअनुसार