टेनिसी अदालतमा दायर गरिएको मुद्धा खारेज, निर्वाचनको मिति सार्ने तयारी

२३ चैत्र २०७३, बुधबार ००:४० मा प्रकाशित

लसएन्जलस, २३ चैत । गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको २०१४ मा सम्पन्न निर्वाचनमा धाँदली भयो भन्दै टेनिसी राज्य अदालतमा दायर गरिएको मुद्धा अदालतले खारेज गरेको छ ।

दुई वर्ष अघि शन २०१४ मा सम्पन्न निर्वाचनमा निर्वाचित वर्तमान अध्यक्ष डा. केशव पौडेलका प्रतिद्वन्दी उम्मेदवार रहेका नगेन्द्र पौडेलले फर्जी सदस्य बनाएर भोट हालेको, एउटै आइपीबाट सयौ भोट हालिएको र निर्वाचनमा धाँदली भएको भन्दै दायर गरिएको मुद्धा टेनिसी राज्यअदालतले मंगलबार खारेज गरिदिएको हो ।

अदालते मुद्धा खारेज गरेका कारण वर्तमान कार्यसमितिको वैधताको विवाद समाप्त भएको छ । मुद्धाको फैसला लगत्तै वर्तमान कार्यसमिति निर्वाचन सम्पन्न गर्ने तर्फ केन्द्रित हुने अपेक्षा गरिएको छ ।

यद्यपी वर्तमान कार्यसमितिका एक सदस्यले दिएको जानकारी अनुसार एनआरएनको सदस्यता भेरिफिकेसनको काम बाँकी रहेको भन्दै भएको निर्वाचनको मिति पर सार्ने तयारीमा जुटेको छ ।

संघको विधान अनुसार मार्च १९ को हद म्याद मानेर ६० दिनभित्र निर्वाचन सम्पन्न गरिसक्नु पर्ने विधानमा व्यबस्था छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँको धापासीमा रहेको ग्रान्डी अन्तरराष्ट्रिय अस्पतालले अक्सिजनको अभाव भएको भन्दै नयाँ बिरामी भर्ना नलिने भएको छ । अस्पताल प्रशासनले आज

काठमाडौँ । कोरोना संक्रमित पूर्वरानी कोमल शाहलाई आइसीयूबाट वार्डमा सारिएको छ । १८ दिनअघि अस्पताल भर्ना भएकी उनलाई केहीदिनपछि प्लाज्मा

एक महिनाअघि वैदेशिक रोजगारीका क्रममा खाडी मुलुक दुबई पुगेका झापा, कमल गाउँपालिकाका चार युवा अलपत्र परेका छन् । स्थानीय दलालमार्फत

काठमाडौँ । प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई