प्रधानमन्त्रीले बोलाएको सर्वदलिय बैठक विपक्षीद्धारा बहिष्कार

२६ असार २०६९, मंगलवार ११:५० मा प्रकाशित


काठमाडौ, २६ असार । विपक्षीदलहरुले बैठक बहिष्कार गरेपछि प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले बोलाएको सर्वदलीय बैठक निस्कर्ष विहीन टुङ्गीएको छ । विपक्षीदलहरु प्रधानमन्त्रीले आह्वान गरेको बैठकमा नजाने भएपछि अब सर्वदलीय वैठक बोलाउने जिम्मा प्रचण्डलाई दिइएको छ । वैठकपछि एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विपक्षी दल सहभागि नभएकाले वैठक उपलब्धीपूर्ण नभएको प्रतिक्रिया दिनुभयो । उहाँले आजै अर्को सर्वदलीय वैठक बोलाउने र त्यसका लागि आफूले पहल गर्ने पनि बताउनुभयो । बजेट लगायतका विषयमा सहमति जुटाउन प्रधानमन्त्री डा बाबुराम भट्टराईले आज विघठित संविधानसभामा प्रतिनिधित्व गर्ने दलहरुको सयुक्त वैठक बोलाउनु भएको थियो । बैठकमा सरकारमा सहभागि दलहरुको भने सहभागिता रहेको थियो । विपक्षी दलहरुले प्रधानमन्त्रीले बोलाएको बैठकमा नजाने र पार्टीका तर्फबाट बोलाएको बैठकमा सहभागि हुने बताएका छन् । प्रचण्डले बैठक स्थलबाटै काग्रेस सभापति सुशिल कोइराला र एमाले अध्यक्ष झलनाथ खनाललाई फोन गरेर आफूले समन्व गरेको बैठकमा सहभागी हुन आग्रह गरेका थिए । एकीकृत नेकपा माओवादीको तर्फबाट अध्यक्ष प्रचण्डले ४ बजेपछि बैठक बोलाइएको उहाँको निजी सचिवालयले जनाएको छ । वैठक अन्तराष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा बस्नेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या

काठमाडौँ। नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ । सोमबार दिउँसो १ बजे बैठक बोलाइएको छ । समसायिक राजनीतिक

नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य देवेन्द्र पौडेलले निकट भविष्यमै नेकपा (एमाले) माधवकुमार नेपाल पक्षसँग पार्टी एकता हुन सक्ने

काठमाडौं । कुम्भमेलामा भाग लिएर पूर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाह स्वदेश फर्किएका छन् । १० दिन लामो भारत भ्रमण सकेर