“सम्बन्ध” -सुमन घिमिरे

२६ असार २०६९, मंगलवार ०३:३१ मा प्रकाशित

निशान्त नितान्त एक्लो छ आज । गाडीमा नारायणगोपालका गीतहरुलाई सिडी प्लेयरमा हाल्दै र त्यही गीत गुनगुनाउँदै गाडीको पाँग्रासँगै एक्लो जीवनलाई गुडाइरहेको छ । सुखद जीवनको कल्पना सायद सच्चा प्रेमले गर्दो हो तर उसका लागि यी सबै दन्त्यकथाका किँवदन्तीहरु जस्तो भएका छन् । मन पराइनु, मन नपराइनु पनि यी सबै एब्स्ट्रयाक्ट लाग्छ उसलाई । ऊ सोच्छ, मानिस सडकका भुस्याहा कुकुरहरुसँग नजिक भयो भने पनि प्रेम बस्छ । यसको मतलब प्रेम जो कोहीसँग पनि हुन सक्दछ, मात्र मन मिल्न पर्दछ ।
‘निशान्त, म तिम्रो जीवनबाट टाढा भएपछि तिम्रो जीवनको यात्रा कसरी चल्दैछ ?’ मारिया प्रश्न गर्छिन् । उसलाई केही भन्नु थिएन, मुन्टो हल्लाएर ठिकै भन्यो । मैले उनको अगाडि के मेरो जीवन बेहाल भयो भनौँ त ? तिमीविना म, पानीविनाको माछा भएको छु भनौँ त ? अहँ, उसको मनले पटक्कै मानेन ।
ऊ कति विवश छ, कति तड्पिएको छ, त्यो ऊ आफैँलाई मात्र थाहा छ । निशान्तलाई आफ्ना विवशताहरु अरुको लागि सान्त्वना दिने साधन नबनोस् भन्ने चाहना छ । त्यसैले ऊ मुन्टो हल्लाइमा नै सीमित रह्यो ।
गाडी गुडिरहेकै छ । उसले झ्यालबाट अलिक पर, सहरको एउटा नामुद रेस्टुरेन्ट देख्यो । धेरै पहिलेदेखि यो रेस्टुरेन्टमा खाना वा खाजा खाने उसको सोच थियो । अझ एक्लैभन्दा उनीलाई पनि साथै लाने विचार थियो उसको । तर के मिलेन के ! न ऊ एक्लै त्यहाँ पुग्यो, न उनीसँगै । तर आज उनी नहुँदा पनि ऊ ‘ड्रिम’ रेस्टुरेन्टमा गएर रोकियो ।
एक्लै भएर हो कि उसलाई अलिअलि सँकोच भने थियो । तर एकैछिनमा आफैँलाई सम्हाल्यो र जीवन्त हुन खोज्यो । ‘हिजो हामी सँगै थियौँ र आज एक्लै छु त के भयो र !’ यस्तै सोच्दै उसले रेस्टुरेन्टमा बसेर ह्वाइट कफी अर्डर गर्‍यो । खासै भोक थिएन क्यारे, उसले अरु केही पनि मगाएन ।
प्रायः जोडीहरु नै हाबी थिए त्यहाँ । सिँगल वा एक्लै सुरूमा उसले आफैँलाई मात्र देख्यो । बिस्तारै उसलाई आफूमात्र एक्लै नभएको महसुस भयो, ऊ जस्ता अरु पनि देख्दा । वास्तवमा त्यहाँ कसैलाई कसैको मतलब थिएन, प्रवाह थिएन । ऊ एक्लै छ या कसैको पर्खाइमा छ, कसलाई के थाहा ! कफी सिद्धियो । निशान्तले यसपटक एक कप मोका अर्डर गर्‍यो ।
मारियाको बीस वर्षको उमेरमा ज्याकसँग प्रेम बसेको रहेछ । कालान्तरमा प्रेमले गर्भको रुप लिन गएछ । मारिया दोजिया भइन् । युरोप भए पनि त्यसताका गर्भपतन गैर कानुनी रहेछ । उनी बाध्य भइन् बच्चा जन्माउन । बच्चा जन्मँदासम्म पनि उनीहरुको विवाह हुन सकेको थिएन । युरोपमा मारियाजस्ता थुप्रै ‘सिँगल मदर’ हुन्छन् । केही समयपश्चात् मारियाको ज्याकसँगको सम्बन्ध ढल्यो र मारिया आफ्नो बच्चा लिएर आमासँग बस्न थालिन् । युरोप र अन्य पश्चिमेली मुलुकमा यसरी सम्बन्धविच्छेद गरेर एक्लै बस्नेहरु थुप्रै हुन्छन् ।
‘हजुरआमाले नै इजाबेलालाई हुर्काएको’, मारियाले निशान्तलाई आफ्नो छोरीको बारेमा भन्दै थिइन् । निशान्त एकाग्र भएर मारियाको कुरा सुनिरहेको थियो । मारिया निशान्तलाई अरु पनि भन्दै थिइन्– ‘म त डिग्री सिद्धिनासाथ काम गर्न थालेँ । घरी जर्मनी, घरी अमेरिका गर्नपर्ने । कामको नेचर नै यस्तो थियो । त्यसैले आमाछोरी सँगै नबसेको पनि धेरै भयो ।’ यसपालि छोरी मसँगै दुई महिना बस्छे, मारिया उसलाई सुनाउँदै थिई ।
मारियाले आफ्नो सम्बन्धबारे निशान्तलाई कहिल्यै बताइन, उसको ज्याकसँगको सम्बन्ध अनि इजाबेलाका बारे । पाँच महिनापछि मारिया आफ्नो विगत सुनाउँदै छिन् निशान्तलाई । मारियाले सोची होला, अब निशान्तले उनलाई कुनै पनि हालतमा स्वीकार्छ । मारियासँग सबथोक थियो– पैसा, गाडी अनि घर । तर उनीलाई त्यतिले सन्तोष दिन सकेको थिएन । उनी निशान्तजस्तो केटालाई आफ्नो जीवनसाथी बनाउन चाहन्थिन् । उनी ढुक्क थिइन्, निशान्तले उनलाई रक्षा गर्छ भनेर ।
मारियाको समाजमा उनी जहाँ हुर्किन्, त्यहाँ यो पाच्य थियो होला तर निशान्तको समाजमा यो स्वीकार्य थिएन । यदि मारिया विवाहित र बच्चाकी आमा भन्ने थाहा भएको भए निशान्तले यो सम्बन्धलाई पहिले नै तोडिदिन्थ्यो । मारिया असाध्यै राम्री छे, तैपनि उसको त्यो रुपको जादुले उसलाई रोक्न सकेन । अन्ततः निशान्तले मारियालाई सम्बन्ध यहीँ टुक्राउन अनुरोध गर्‍यो । रूवाइकराईबीच सम्बन्ध टुक्रियो । निशान्त आफ्नो बाटो, मारिया आफ्नो ।
निशान्त र मारिया एउटै अफिसमा काम गर्दथे । त्यही काम गर्ने ठाउँमा उनीहरुको चिनजान भयो र प्रेमबन्धनमा बाँधिएका थिए । प्रेम–सम्बन्ध टुक्रिएपछि निशान्तलाई एउटै अफिसमा काम गर्न असहज पनि भएको थियो । सकेसम्म ऊ त्यहाँबाट छिट्टै जागिर छाड्न चाहन्थ्यो । अब त उसको जुरिकमा बस्ने समय पनि कम हुँदै गएको थियो । उसले आफ्नो ब्यागबाट कन्ट्रयाक्ट पेपर झिक्यो र हेर्‍यो, अब जम्मा सात दिन बाँकी रहेछ । ऊ प्रफुल्लित थियो । सायद मारियासँग उसको सामीप्यता भई नै रहेको भए उसलाई यो समय निकै कष्टप्रद हुन्थ्यो ।
निशान्तले हातको इसाराले वेटरलाई बोलायो र त्यहाँको वाइफाईको पासवर्ड माग्यो । वेटरले पासवर्ड किबोर्डको त्र तय उ भनेर जानकारी दियो । आफ्नो आइप्याडमा सुरूमा उसले त्रतयउ टाइप गर्‍यो । कनेक्सन भएन । अन्ततः उसले किबोर्डको त्रधभ‘यउ सम्म टाइप गर्‍यो र कनेक्सन स्थापना भयो । उसलाई आफ्नो अफिसको इमेल चेक गर्न हतार थियो । एउटा नयाँ इमेल आएको रहेछ स्टेफनको । स्टेफन निशान्तको हाकिम थियो र स्टेफन निशान्तको कामबाट एकदमै खुशी थियो । स्टेफनले इमेलमा लेखेको रहेछ ‘निशान्त, गुड मर्निङ, तिमी सन्चै छौ होला । तिमीलाई पनि थाहै होला, अब तिम्रो÷हाम्रो कम्पनीसँगको करार एक हप्तामा सिद्धिँदै छ । तिम्रो मिहिनेत र इमान्दारिताले म लगायत हाम्रो टिम तिमीसँग एकदमै खुशी छ । त्यसैले हामी चाहन्छौँ, तिमी थप ६ महिनाका लागि करार थपेर हामीसँगै काम गर । यो मेरो आग्रहमात्र हो, निर्णय तिमीमा ।’
अघि नै मगाएको मोका चिसो भईसकेको रहेछ । निशान्त एक घुट्कीमै त्यो सिध्याई दिन्छ । निशान्तले लामो सास फेर्‍यो र उसले विगतलाई फर्केर हेर्‍यो । एकैछिन मनमनै हाँस्यो । उसलाई समय निकै चाँडै बितेको अनुभव भएको छ । जुरिकको सुन्दरता र त्यस सुन्दरतालाई सुगन्ध थपिदिने मारियासँगको भेटले । मारियासँग बिछोड भएपछि निशान्तलाई एकै ठाउँमा काम गर्न सहज पनि लागेको थिएन । निशान्त मारियालाई बिर्सन पनि जुरिक छाड्नपर्ने थियो ।
फेसबुकको आफ्नो स्ट्याटसमा निशान्तले ‘न्ययम द्यथभ श्गचष्अज’ लेखेर स्टेफनको इमेलतिर स्विच गर्‍यो । रिप्लाइ बटन थिचेर उसले छोटो इमेल लेख्यो ‘स्टेफन, इमेलको लागि धन्यवाद र थप ६ महिनाको करार थपिदिने तिम्रो कुरालाई पनि । मलाई यसपटक नरोक । म न्यूयोर्क नै फर्कन चाहन्छु । भविष्यमा अर्को अवसर मिले म अवश्यै आउँछु । तिम्रै निशान्त ।’
निशान्त फेरि फेसबुकतिर स्विच गर्‍यो र एउटा नयाँ कमेन्ट देख्यो मारियाको, जहाँ लेखिएको थियो ‘क्ष्त ष्क लयत भबकथ ायच दयतज या गक तय दभ बधबथ ाचयm भबअज यतजभच”
निशान्त नेपालबाट अमेरिका गएको २० वर्ष भइसकेको छ । ऊ अमेरिका गएदेखि एकपटक पनि नेपाल आएको छैन । निशान्त अझै मारियासँग गाँसिएका सम्बन्धहरु खोज्दै जुरिकदेखि न्यूयोर्कसम्म हराएको छ ।

चितवन पोष्ट राष्ट्रिय दैनिक २०६९ आषाढ १५ बाट साभार ।

प्रतिक्रिया
सम्बन्धित खवर

कोरोना भाइरसको प्रकोपसँग लोकप्रिय बनेको भर्चुअल मिटिङले बेलाबेलामा धेरैलाई हैरान बनाउने गरेको छ । विशेष गरेर मिटिङमा देखिने क्रियाकलाप विवादित

अष्ट्रेलियाका दुई जुम्ल्याहा दिदीबहिनी एना र लुसी हरेक क्रियाकलाप एकैसाथ गर्ने गर्दछन् । उनीहरु बीच दुई ज्यान एक प्राण भने

गरीबीका कारण अनलाइन कक्षा लिन नसकेका विद्यार्थीहरुका लागि भारतमा एक शिक्षकले विद्यार्थीहरुका लागि आफ्नो स्कूटरमै लाइब्रेरी बनाएका छन् । विद्यार्थीलाई

सामान्यतया विवाहको मुख्य आकर्षण बेहुला र बेहुली हुने गर्छन् । तर, अमेरिकाको एक विवाहमा भने उनीहरूको छोरी मुख्य आकर्षणको केन्द्र