आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप: केन्या बिरुद्धको दोस्रो खेलमा नेपालको सानदार जित

३० फाल्गुन २०७३, सोमबार २०:४१ मा प्रकाशित

काठमाडौँ, ३० फागुन । आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गतको दोस्रो खेलमा नेपालले केन्यालाई ७ विकेटले पराजित गरेको छ । सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा केन्याले १५६ रनको विजयी लक्ष्य नेपालले ३०.२ ओभरमा ३ विकेटको क्षतिमा भेट्टायो । कप्तान ज्ञानेन्द्र मल्ल ६४ र शरद भेष्वाकर २४ रनमा अविजित रहे। दिपेन्द्रसिंह ऐरीले ६२ र सागर पुनले ५ रनको योगदान दिए । यसअघि टस हारेर पहिले व्याटिङको निम्तो पाएको केन्याले ४६.१ ओभरमा अल आउट हुँदै १५५ रन बनाएको थियो । केन्याका लागि कोलिन्स ओवुयाले सर्वाधिक ४८ रन बनाए । यस्तै इफ्रान करिमले ३८, कप्तान रकेप पटेलले २१ तथा नेहेमाइले १५ रनको योगदान दिए । नेपालका लागि शरद भेष्वाकरले सर्वाधिक चार विकेट लिए भने मेहबुब आलम र बसन्त रेग्मीले समान २–२ विकेट लिएका थिए । यस्तै सन्दिप लामिछाने र सागर पुनले एक–एक विकेट लिए । शनिबार भएको पहिलो खेलमा नेपाल केन्यासँग ५ विकेटले पराजित भएको थियो ।आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको उपाधी चुम्नको लागि अवको सबै खेल जित्नै पर्ने हुन्छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । कुम्भमेलामा भाग लिएर पूर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाह स्वदेश फर्किएका छन् । १० दिन लामो भारत भ्रमण सकेर

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) टी-२० क्रिकेट अन्तर्गत मुम्बइ इन्डियन्स विजयी भएको छ । शनिबार राति सम्पन्न खेलमा मुम्बइले

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मोवाइल चार्ज गर्ने क्रममा विद्युत लाइनमा हाइभोल्टेज

काठमाडौं । त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत नेपालले विजयी सुरुवात गरेको छ । आज भएको उद्घाटन खेलमा नेपालले नेदरल्यान्ड्सलाई ९ विकेटले