अन्तर्राष्ट्रिय कानुनको पालना गर्न भारतलाई नेता ओलीको आग्रह

२९ फाल्गुन २०७३, आईतवार ०२:०८ मा प्रकाशित

चितवन, २९ फागुन । चितवनमा आयोजीत सभालाई संबोधन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले कञ्चनपुरमा भारतीय सीमा सुरक्षा बलले हत्या गरिएका नेपाली नागरिक गोविन्द गौतमको घटनाप्रति आक्रोश व्यक्त गर्दै भारतलाई अन्तर्राष्ट्रिय कानुनको पालना गर्न आग्रह गरेका छन् । घटनाप्रति आक्रोश व्यक्त गर्दै ओलीले छिमेकी मुलुक भारतलाई अन्तर्राष्ट्रिय कानुनको सम्मान गर्न आग्रह गरेका हुन् । संबोधनमा नेता ओलीले भने, ‘बलियो छु भन्दैमा अर्काको देशमा छिर्न पाइँदैन, अन्तर्राष्ट्रिय कानुन सबैले मान्नुपर्छ ।’ पार्टीको मेची–महाकाली अभियान अन्तर्गत आयोजीत सभालाई संबोधन गर्दै नेता ओलीले भने, ‘देश अब निर्वाचनमय भइसकेकाले आगामी माघ महिनामा सबै निर्वाचन सकेर नयाँ सरकार गठन भैसक्नेछ ।’ एमाले वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले निर्वाचन गराउन नसके वर्तमान सरकारको कुनै औचित्य नरहने बताए । एमाले उपाध्यक्ष वामदेव गौतमले संविधान कार्यान्वयन हुन नदिने र एमालेलाई समाप्त पार्ने खेल भइरहेको दाबी गरे । एमाले चितवनका इन्चार्ज कृष्ण खनालको अध्यक्षतामा सम्पन्न आमसभामा एमाले स्थायी कमिटी सदस्य तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे, पूर्वसभासद लालमणि चौधरीलगायतले सम्बोधन गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

साउदी अरबले तीन उच्च सैनिकलाई ‘देशद्रोह’ गरेको आरोपमा मृत्युदण्ड दिएको यहाँको रक्षा मन्त्रालयले बताएको छ । मन्त्रालयले राज्य सञ्चालित समाचार

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी शर्मा ओली नेतृत्वको सरकार धेरै दिन नरहने बताएका छन् ।

दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशमा नयाँ विकल्प प्रस्तुत गर्ने प्रयत्नमा कांग्रेस रहेको बताउनुभएको छ । गृहजिल्ला

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले कोभिड–१९ महामारी नियन्त्रणका लागि सरकारले भरसक बन्दाबन्दी लागू गर्नु नपरोस् भनेर