जाजरकोट बस दुर्घटनामा मर्नेको संख्या २४ पुग्यो

२७ फाल्गुन २०७३, शुक्रबार ०२:३० मा प्रकाशित

जाजरकोट, २७ फागुन । बिहिबार जाजरकोटमा भएको बस दुर्घटनामा परि मृत्यु हुनेहरुको संख्या २४ पुगेको छ । दुर्घटनामा झन्डै ४० जना घाइते भएका छन् । बिहीबार अपरान्ह सदरमुकाम खलंगाबाट साल्माको खाराका लागि छुटेको ना ३ ख २२७९ बस भेरीमालिका-४, बोहोरा गाउँको मोडबाट पासागाड खोलामा खस्दा बस दुर्घटनामा परेको हो । प्रत्यक्ष दर्शीहरुको भनाई अनुसार बस भिरबाट करिब दुई सय मिटर तल खसेको थियो । दुर्घटनामा परी मृत्यु भएका सबैको शव नेपाली सेना र प्रहरीको टोलीले उद्धार गरि बाहिर निकालेको छ । दुर्घटनामा १३ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने ११ जनाको उपचारको क्रममा जिल्ला अस्पताल खलंगामा मृत्यु भएको थियो । दुर्घटनामा घाइते भएका सबैलाई उपचारका लागि जिल्ला अस्पताल खलंगा पुर्याइएको छ । दुर्घटनाका गम्भीर घाइतेलाई थप उपचारका लागि काठमाडौं लाने तयारी भए पनि हेलिकोप्टर बस्ने ठाउँको अभावमा त्यो सम्भव भएन । गम्भीर घाइतेलाई रुकुमको चौरजहारी अस्पतालमा लगिएको छ । उक्त अस्पताल खलंगाबाट १५ किलोमिटरको दूरीमा पर्छ । रुकुममा विमानस्थल भएकाले त्यहीबाट काठमाडौं लाने तयारी भएको प्रहरी नायब उपरक्षिक भावेश रिमालले जानकारी दिए । मृतकमध्ये भेरिमालिका नगरपालिका ४ का नविन चन्द र लहँ ४ का रामबहादुर बस्नेतको मात्र सनाखत भएको छ । बसको ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । २३ जना मात्र यात्रुको चलानी लिएर हिडेको बसमा ६० बढी यात्रु भएको अनुमान गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले अहिले प्रजातन्त्रमाथि खतरा उत्पन्न भएकाले ओलीलाई प्रधानमन्त्रीबाट हटाउनुपर्ने बताएका छन् । नेपाल

काठमाडौँ । नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठकले कर्णाली प्रदेशमा फ्लोर क्रस गराउन भूमिका खेलेको आरोप लगाएर २० जना नेतालाई

काठमाडौं । कलाकार मदनकृष्ण श्रेष्ठलाई कोरोना संक्रमण देखिएको छ । श्रेष्ठसहित उनका परिवारका पाँच जनामा सोमबार कोरोना संक्रमण पुष्टि भएको

काठमाडौं । प्रहरीले ७ जना नक्कली डाक्टरलाई पक्राउ गरेको छ । नक्कली प्रमाणपत्र पेश गरेर काम गरिरहेका ७ जना ‘नक्कली