
खै कसरी हो अतृप्त माया र मोहमा परेको छ
मृगतृष्णमा परीलाई खोज्न तराईमा झरेको छ ।
खै कति सम्भव होला या नहोला बाचुन्जेल
भौतिक संसार तरेपनि पाउने आशा गरेको छ ।
हृदयबाट अनायासै बनेको छ त्यो निशाना
कस्तोकाम गर्ला प्रेमवाँणले ऊ अघि सरेको छ ।
अनौठो एउटा सपना-संसार खोज्ने यात्रा उस्को
गन्तव्य भेरी पुग्न ऊ मात्र नारायणी तरेको छ ।
पिडैपिडा र अशान्तिले चेपिएको उस्को जिन्दगी
‘गोर्खे’ले ‘शान्ति’ पाउने आशा त्यसै टरेको छ ।
गजल कटेरी, विशालमार्ग, नारायणगढ, चितवन ।
इमेलः [email protected]
प्रतिक्रिया
सम्बन्धित खवर
सरकारले ३० वैशाखमा स्थानीय तहको चुनावको मिति घोषणा गरेको छ। स्थानीय तहको चुनाव नजिकिँदै गर्दा कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर
ताप्लेजुङ । माङ्गेना अनलाइन टिभीको प्रस्तुति रहेको ‘पालाम’को शनिवार ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा विमोचन गरिएको छ । माघे संक्रान्ति अर्थात् कक्फेक्वा
काठमाडौँ । २०७७ सालको मदन पुरस्कार भगिराज इङनामको लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह (सम्वत् १७१९-२०२०) ले पाएको छ ।मदन पुरस्कार गुठीले
नुवाकोट स्थायी घर भई काठमाडौँमा रहेर साहित्य सिर्जनामा सक्रिय सर्जकको संस्था त्रिशूली वाङ्मय प्रतिष्ठानको बाह्रौँ साधारणसभाले आगामी दुई वर्षका लागि