नेपालमा लगानी गर्न एन.आर.एनको आग्रह

२६ असार २०६९, मंगलवार ०३:१९ मा प्रकाशित

धर्मराज अधिकारी, युके । नेपालमा सामुहिक लगानीको लागि गठित एन.आर.एन टाक्सफोर्सले बेलायतस्थित नेपाली व्यवसायीहरलाई लगानी गर्न पुन: आग्रह गरेको छ । एन.आर.एनले संयुक्त रुपमा लगानी गर्न लागेको हाइड्रोपावरमा घाटा नहुने बताउँदै सम्पुर्ण व्यवसायीहरुलाई लगानीका लागि आग्रह गरेको हो ।

लगानी टाक्सफोर्सका सदस्य राजेन कंडेलले इल्थामस्थित याक एण्ड यति रेष्टुरेण्टमा सहभागि व्यवसायीहरुलाई हाइड्रोमा लगानी गर्न आग्रह गरेका हुन । आइसीसी सदस्य समेत रहेका कंडेलले एन.आर.एन सामुहिक लगानीको नियमावली बनाउन लागिरहेको बताउँदै यसलाई पब्लिक कम्पनीको रुपमा विकास गरिने बताए । सरकारले हाइड्रोमा लगानी प्रोत्साहनका लागि धेरै छुट दिएको बताउंदै उनले लगानीकर्ताले १० बर्षसम्म लगानी तथा आम्दानी कर तिर्नु नपर्ने जानकारी दिए ।
सो अवसरमा एन.आर.एन युकेका अध्यक्ष कुल आचार्य, उपाध्यक्षद्धय महेन्द्र कंडेल र थर्क सेन, पुर्व अध्यक्ष सुर्य गुरुङ, सल्लाहकार एवं टाक्सफोर्सका सदस्य पशुपति भण्डारी, सदस्य कृष्ण तिम्सीना, दासुराम पाण्डे लगायत बेलायतस्थित नेपाली व्यवसायीहरुको बाक्लो सहभागिता रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

गैरआवासीय नेपाली संघ भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिको साप्ताहिक कार्यक्रम प्रवासी प्रवाहको चवालिसौ शृङ्खलामा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद

लिसवोन । पोर्चुगलस्थित नेकपा एमालेको प्रवास संगठन प्रवासी नेपाली मञ्च पुनर्गठन भएको छ । ३५ सदस्यीय कार्य कार्यसमितिको अध्यक्षमा अध्यक्ष

नेपाल पत्रकार महासङ्घ बेल्जियम शाखाको अध्यक्षमा ओम शर्मा निर्विरोध निर्वाचित हुनुभएको छ । कार्यसमितिको उपाध्यक्षमा डिल्ली अम्माई, सचिवमा पेम्बा गेलु

दमास्कस । ओमानस्थित नेपाली राजदूतावासले हिजो शनिबार साहित्य र प्रकृतिसम्बन्धी एक वेबनारको आयोजना गरेको छ । काठमाडौँको सेरोफेरोका महत्वपूर्ण र