देउवाको आशा कुमारी लामा र गच्छेदारको शर्मिला पराजुली ढकालको नाम राजदूतबाट फिर्ता

१६ फाल्गुन २०७३, सोमबार ०२:३० मा प्रकाशित

काठमाडौँ, १६ फागुन । सरकारले नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाको आग्रहमा संयुक्त अरब इमिरेट्स (युएई)को लागि राजदुत सिफारिस गरेको आशा कुमारी लामा र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छेदारको आग्रहमा ओमनका लागि राजदूत सिफारिस गरेको शर्मिला पराजुली ढकालको नाम आइतवार फिर्ता लिएको छ ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले कांग्रेसको कोटामा युएईमा राजदूत सिफारिस भएकी आशाकुमारी लामा र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका तर्फबाट ओमनका लागि राजदूत सिफारीस भएकी शर्मिला पराजुली ढकालको नाम फिर्ता लिएको हो ।

सरकारले काँग्रेस सभापति शेरबहादुर देउवाको आग्रहमा  संयुक्त अरब इमिरेट्स (युएई)को लागि राजदुत सिफारिस गरेको आशा कुमारी लामा र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छेदारको आग्रहमा ओमनका लागि राजदूत सिफारिस गरेको शर्मिला पराजुली ढकालको नाममा विवादास्पद आर्थिक चलखेलको प्रसंग सार्वजनिक भएपछी उनीहरूको सिफारीस फिर्ता लिएको हो ।

यस अघि गत सोमबारको मन्त्रिपरिषद् बैठकले १४ देशका लागि राजदुत सिफारीस गरेको थियो । सिफारीस गर्ने निर्णय गरेको तेस्रो दिन बुधबार काँग्रेस नेता जिप छिरिंग लामा मार्फत बुझाइएको रकम फिर्ता गरिए लगत्तै कांग्रेस सभापति शेरबहादुर देउवाले लामाको नाम फिर्ता लिन परराष्ट्रमन्त्री प्रकाशसरण महतलाई निर्देशन दिएका थिए ।

यसै बीच मन्त्रिपरिषदले संसदीय सुनुवाईका लागि लामा र ढकालबाहेक अन्य १२ जनाको नाम पठाउने निर्णय गरेको छ ।

काँग्रेस सभापति देउवाले आइतबार संसदीय दलको कार्यालय सिहदरबारमा बसेको मधेसबाट प्रतिनिधित्व गर्ने कांग्रेस सांसदहरुसँगको बैठकमा पनि सिफारीस भएको तेस्रो दिन लामाको नाम फिर्ता भैसकेको जानकारी गराएका थिए ।

शनिबारनै कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल सहितका नेताहरुले राजदुत सिफारीसमा भएको आर्थिक चलखेलको विरोध गर्दै केन्द्रीय समितिको बैठक बोलाउन सभापति देउवालाई लिखित पत्र लेखेर आग्रह गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । कन्सुलर सेवा विभागले लिखतहरूको प्रमाणीकरणका लागि सङ्केत नम्बरसहितको फाराम वितरण प्रारम्भ गरेको छ । कोभिड–१९ सङ्क्रमण रोकथाम तथा

काठमाडौं । सभामुख अग्नि सापकोटा विरुद्ध परेको मुद्दाको संवैधानिक इजलासमा सुनुवाइ हुने भएको छ । संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर

काठमाडौं । मानिसको स्वाब सङ्कलन नै नगरी कोभिड–१९ परीक्षणको पिसिआर नेगेटिभ रिपोर्ट बनाउने कार्यमा एउटा गिरोह सक्रिय रहेको पाइएको छ

काठमाडौं । विवाद चर्किंदै गएपछि नेपाल कम्युनिस्ट पार्टी (एमाले) फुटको नजिक पुगेको छ । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा