पौडेलद्वारा देउवाको पार्टी र सरकार संचालन गर्ने कार्यशैलीप्रति आपत्ति जनाउदै शिघ्र बैठक बोलाउन माग

१५ फाल्गुन २०७३, आईतवार ००:०६ मा प्रकाशित

काठमाडौं, १४ फागुन । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर नेताहरुले पार्टी सञ्चालन र सरकारको कार्यशैलीप्रति गम्भीर असहमति जनाउदै तत्काल केन्द्रीय समिति बैठक बोलाउन माग गरेका छन् । शनिबार बिहान महामन्त्री शशांक कोइरालाको निवास महाराजगन्जमा भएको पौडेल पक्षधर नेताहरुको भेलाले पार्टी सभापति देउवाले आर्थिक चलखेल गर्दै प्रहरी महानिरीक्षक र राजदुत नियुक्त गरेको आरोप लगाउदै पार्टीको गिर्दो साख बचाउन र संविधान संशोधन सहित स्थानीय तहको निर्वाचन जस्ता विषयहरुमा औपचारिक धारणा निर्माणका लागि पार्टीभित्र छलफल गर्न सभापतिलाई शिघ्र बैठक बोलाउन आग्रह गर्दै पत्र लेख्ने निर्णय गरेका हुन् । भेलापछि शनिबारनै नेता पौडेलले पार्टी सभापति शेरबहादुर देउवालाई केन्द्रीय समिति र संसदीय दलको बैठक अविलम्ब बोलाउन माग गर्दै पत्र बुझाएका छन् । पत्र मार्फत नेता पौडेलले तीन तहको निवार्चनमा पार्टीले नेतृत्व लिनुपर्ने, भ्रातृ संस्था सन्तुलित रूपमा क्रियाशील गराउनुपर्ने, सत्ता साझेदार भएकाले सरकार सञ्चालन प्रभावकारी बनाउनुपर्ने र राजनीतिक नियुक्तिमा भएका विवादास्पद निर्णयले कार्यकर्तालाई चिन्तित बनाएकाले अविलम्ब बैठक बोलाउनुपर्ने माग गरेका छन् । संविधान संशोधन संसदमाअबरुद्ध भएको लामो समयसम्म पनि यस विषयमा पार्टीभित्र छलफल नभएको भन्दै पौडेल पक्षका नेताहरूले सभापतिको आलोचना गरेका छन् । उनीहरूले अधिवेशन सम्पन्न भएका भ्रातृ संस्थामा अन्य पदाधिकारी मनोनीत हुन नसकेको र केही भ्रातृ संस्थाको अधिवेशनमा देखिएको विवादसम्बन्धमा पनि केन्द्रीय समितिमा छलफल गर्नुपर्ने बताएका छन् । भेलामा सरकारले गर्ने राजनीतिक नियुक्तिमा पार्टीभित्र कुनै परामर्श नभएको सम्बन्धमा पनि गम्भीर आपत्ति जनाइएको थियो। भेलामा उपस्थित सदस्यले भर्खरै गरिएको राजदूत सिफारिसमा कांग्रेसको कोटामा परेकाहरूको पनि विरोध गरेका छन् । विशेषगरी संयुक्त अरब इमिरेट्सको राजदूतमा सिफारिस भएकी आशा लामाको उनीहरूले चर्को विरोध गरेका छन् । पौडेल पक्षका नेताहरूले यसअघि काठमाडौं क्षेत्र नम्बर ४ मा जनमोर्चाबाट उम्मेदवारी दिएकी लामा कसरी कांग्रेसको कोटाबाट राजदूत सिफारिस भइन् भन्ने विषयमा सभापतिले प्रस्ट पार्नुपर्ने बैठकमा भनेका थिए । त्यस्तै कतारका लागि राजदूत सिफारिस भएका रमेश कोइराला र श्रीलंकाका लागि राजदूत सिफारिस भएका भीम उदासका नाममा पनि उनीहरूले असहमति जनाएका छन् । भेलामा नेता पौडेल, महामन्त्री कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, केन्द्रीय सदस्य आनन्द ढुंगाना, बलबहादुर केसी, रामशरण महत, कल्याण गुरुङ, गुरुराज घिमिरे, जीवन परियार, रत्ना शेरचन, सरिता प्रसाईं, दिलेन्दप्रसाद बडु, गोविन्द भट्टराईलगायतका केन्द्रिय सदश्यहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभाका सदस्य चन्द्रबहादुर खड्कालाई पनि हटाएको छ । खड्काले दल त्याग गरेको सूचना माओवादी

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल पक्षकालाई हटाएर स्थायी समिति गठन गरेका छन्

काठमाडौं । कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका एमाले सांसद कारबाहीमा परेका छन् । नेकपा एमाले महाधिवशेन आयोजक कमिटीको

नेपाली कांग्रेस काभ्रेपलाञ्चोकले २० हजार क्रियाशील सदस्यता बनाएको छ । यसका लागि पुराना सदस्यता नवीकरणसँगै नयाँ सदस्यता प्रदानसमेत गरी दोब्बर