दलीय भागबण्डामा १४ देशका लागि नेपाली राजदूत सिफारिस

१० फाल्गुन २०७३, मंगलवार ०३:०५ मा प्रकाशित

काठमाडौँ, १० फागुन । सरकारले दलीय भागबण्डामा रिक्त रहेको विभिन्न १४ देशका लागि नेपाली राजदूतको नाम सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को दोस्रो बैठकले सत्तारुढ दलहरुको भागवण्डाका आधारमा १४ जना राजदूतहरुको नाम सिफारिस गरेको हो ।

राजदूत सिफारिश गरिएका देश र नामहरु:
अर्जुनजंगबहादुर सिंह- दक्षिण कोरिया, (नेपाली कांग्रेस)
भीम उदास -म्यानमार (नेपाली कांग्रेस)
चोपलाल भुसाल – बंगलादेश, (नेपाली कांग्रेस)
विश्वम्भर प्याकुरेल – श्रीलंका, (नेपाली कांग्रेस)
रमेशप्रसाद कोइराला – कतार (नेपाली कांग्रेस)
आशा लामा – यूएई (नेपाली कांग्रेस)
युवनाथ लम्साल- डेनमार्क (माओवादी)
लक्की शेर्पा-अष्ट्रेलिया (माओवादी)
महेन्द्रवहादुर सिंह- साउदी अरब (माओवादी)
पदम सुन्दास – बहराइन (माओवादी)
प्रतिभा राणा – जापान, (राप्रपा)
भरत रायमाझी – स्पेन (प्रस्तावित) (राप्रपा)
निरन्जन थापा – इजरायलका (राप्रपा)
शर्मिला पराजुली – ओमान (फोरम लोकतान्त्रिक)
लामो समय देखी गैर आवसीय नेपालीले आग्रह गर्दै आएको युरोपेली मुलुक स्पेनमा नेपाली दुताबास खोल्ने निर्णयसमेत गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी असार महिना सम्ममा नेपालमा तीन लाख व्यक्तिमा कोभिड–१९ संक्रमण देखा पर्नसक्ने अनुमान गरेको

काठमाडौँ । नक्कली पीसीआर रिपोर्ट दिने सुरिया हेल्थ केयरको लाइसेन्स निलम्बन गरिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले नक्कली रिपोर्टका बारेमा

काठमाडौं । आज देशका धेरैजसो स्थानमा बिहानैदेखि वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। देशका विभिन्न क्षेत्रमा आज

काठमाडौं । सत्तारुढ नेकपा (एमाले) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच लामो समयको संवादहीनता तोडिएसँगै राजनीतिक