नेपालको अहिलेको अवस्था प्रजातन्त्र हो कि होइन?: पूर्वराजा ज्ञानेन्द्र शाह

७ फाल्गुन २०७३, शनिबार ०५:५५ मा प्रकाशित

काठमाडौं, ६ फागुन । पूर्व राजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको अवसरमा एक विज्ञप्ति जारी गरी मुलुकको वर्तमान अवस्था प्रति कटाक्ष गर्दै भनेका छन्, ‘नेपालको अहिलेको अवस्था प्रजातन्त्र हो कि होइन? नेपालीले पाइला–पाइलामा सुखानुभूति गर्नु नै प्रजातन्त्र हो।’ ६७ औँ प्रजातन्त्र दिवसको अवसरमा शुक्रबार शुभकामना सन्देश सार्वजनिक गर्दै पूर्वराजा ज्ञानेन्द्रले वर्तमान अवस्था प्रति यस्तो कटाक्ष गरेका हुन् ।

शुभकामना सन्देशमा पूर्व राजाले भनेका छन्, ‘प्रजातन्त्र आधुनिक विश्व राज्य व्यवस्थाको एक सुन्तर अलंकार मात्र होइन मानवीय हक र हितको आधार स्तम्भ पनि हो ।’ उनले जोड दिएका छन्, प्रजातन्त्रको पहिलो सर्त जनताप्रति उत्तरदायी नेतृत्व हुनुपर्छ ।’

‘प्रजातन्त्रमा राजनीतिक पद्धतिका अनेक रुप हुन सक्दछन् तर जुनसुकै नामका प्रणाली भएता पनि प्रजातन्त्रको पहिलो सर्त जनताप्रति उत्तरदायी नेतृत्व हुनुपर्दछ भन्ने मलाई लाग्दछ,’ ज्ञानेन्द्र शाहले शुभकामनामा भनेका छन्, ‘राष्ट्र सर्वोपरी हुन्छ भने शासन परिवर्तनीय हुन सक्दछ । त्यसैले हामीले आफ्नै आस्था र विश्वासको राजनीतिक जगलाई अंगाल्नु पर्दछ ।’

उनले नेपालका आफ्नै दर्शन र गौरव भएकाले तिनलाई जोगाउनुपर्नेमा समेत जोड दिएका छन् । ‘हाम्रा आफ्नै दर्शन, गौरव,शान, सभ्यता, संस्कार र शक्ति छन् । तिनलाई जगाउन, बचाउन र मर्यादित बनाउनु भनेको राष्ट्रको प्रतिष्ठा अभिवृद्धि गराउनु हो ।’

प्रतिक्रिया
सम्बन्धित खवर

बैतडी । हतौडा प्रहारबाट बैतडीमा आज एक बालकको हत्या भएको छ । दशरथचन्द नगरपालिका–१ झोकालीका १५ वर्षीय महेश भुलको हत्या

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिवार बोलाएको सर्वदलीय बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नजाने भएका छन् ।

काठमाडौं । पार्टी ह्वीप उल्लंघन गर्ने कर्णाली प्रदेशका चार जना सांसदलाई प्रदेश संसदीय दलले कारबाही सिफारिस गरेको छ । माओवादी

काठमाडौं । ‘अनअफिसियल ट्रान्सलेसन’ उल्लेख भएको डकुमेन्टलाई आधार बनाएर ‘रअ र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भएको सहमति’ भनी सामग्री सम्प्रेषण