लोकेन्द्रका ‘मुसा’ अर्थात् कमल थापा लोकेन्द्रकै पहलमा राप्रपाको सर्वसम्मत अध्यक्ष

५ फाल्गुन २०७३, बिहीबार ०७:४६ मा प्रकाशित

काठमाडौँ, ५ फागुन । राजाको नाउमा भजन गाएर जीविकोपार्जन गर्दै आएका पूर्व पंचहरुको राजनीतिक रंगमंच राष्ट्रिय प्रजातन्त्र पार्टीको एकीकरण पछि हुन लागेको महाअधिवेशन अगावै कुनै बेला आफैले सांसद किनबेचको फोहोरी खेलमा लागेको भन्दै ‘मुसा’ उपाधी दिएका लोकेन्द्र बहादुर चन्दको पहलमा कमल थापालाई अध्यक्ष बनाउन राष्ट्रिय प्रजातन्त्र पार्टीका अन्य दुई नेता सहमत भएका छन् ।

बुधबार नेता लोकेन्द्रबहादुर चन्दको निवास लोकन्थलीमा चन्दकै पहलमा बसेको बैठकमा अध्यक्षका अन्य दुई दाबेदार पशुपति शमशेर राणा र प्रकाशचन्द्र लोहनीले थापालाई सर्वसम्मत अध्यक्षका लागि समर्थन गर्ने सहमति जनाएका हुन् ।

सोहि बैठकमा थापालाई अध्यक्ष बनाउने सहमति पत्रमा चन्द, राणा र लोहनीले हस्ताक्षर गरेका छन् । राप्रपा स्रोतका अनुसार आफुले मुसा उपमा दिएका थापालाई सर्वसम्मत अध्यक्ष बनाउन चन्दले समन्यवकारी भूमिका खेलेका थिए ।

स्रोतका अनुसार लोकेन्द्र बहादुर चन्दका ‘मुसा’ अर्थात् कमल थापाको नेतृत्वमा सर्वसम्मत सहमति जुटाउन सुनिल थापासहितका दोस्रो तहका पूर्व पंचहरु सक्रिय रहेका थिए ।

पुर्व पंचहरुको फुट्ने र जुट्ने तमासा अन्तर्गत राप्रपा र राप्रपा नेपालको एकतापछि बनेको राप्रपाले फागुन ६ देखि ९ सम्म एकता महाधिवेशन गर्दैछ ।

राजाको नाउमा भजन गाएर जीविकोपार्जन गर्दै आएका पूर्व पंचहरुको राजनीतिक रंगमंच रंगमंच राष्ट्रिय प्रजातन्त्र पार्टी फेरी हिन्दु धर्म र राजतन्त्र पुनर्स्थापनाको नारा बेचेर ठुलो दल बन्ने तयारी स्वरुप आसन्न महाधिवेशनबाट राजतन्त्र पुनर्स्थापनाको मुद्धालाई आफ्नो रणनीति र राजनीतिक कार्यदिशा बनाउने तयारीमा जुटेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

बैतडी । हतौडा प्रहारबाट बैतडीमा आज एक बालकको हत्या भएको छ । दशरथचन्द नगरपालिका–१ झोकालीका १५ वर्षीय महेश भुलको हत्या

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिवार बोलाएको सर्वदलीय बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नजाने भएका छन् ।

काठमाडौं । पार्टी ह्वीप उल्लंघन गर्ने कर्णाली प्रदेशका चार जना सांसदलाई प्रदेश संसदीय दलले कारबाही सिफारिस गरेको छ । माओवादी

काठमाडौं । ‘अनअफिसियल ट्रान्सलेसन’ उल्लेख भएको डकुमेन्टलाई आधार बनाएर ‘रअ र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भएको सहमति’ भनी सामग्री सम्प्रेषण