विप्लव माओवादीका कार्यकर्ताद्वारा क्याम्पस प्रमुख र उपप्रमुख अपहरणमा

५ फाल्गुन २०७३, बिहीबार ०२:०२ मा प्रकाशित

धनगढी, ५ फागुन । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको माओवादी कार्यकर्ताद्वारा कैलालीको लम्की बहुमुखी क्याम्पसका प्रमुख र उपप्रमुख अपहरणमा परेका छन् ।

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावको विरोध गर्दै आएको नेत्रविक्रम चन्द ‘विप्लव’ माओवादी निकट अखिल क्रान्तिकारीले क्याम्पस प्रमुख भिष्म थापा र सहायक प्रमुख कमल विष्टलाई बुधबार अपहरण गरेका हुन् ।

क्याम्पस प्रमुख र सहायक प्रमुखलाई अखिल क्रान्तिकारीका विद्यार्थीले क्याम्पस परिसरबाटै बुधबार दिउँसो ३ बजेतिर अपहरण गरेर अज्ञातस्थलतर्फ लगेको स्थानीयले बताएका छन् ।

अखिल क्रान्तिकारीका एक केन्द्रीय नेताले अपहरण गरेको स्वीकार गरेका छन् ।

बिप्लव माओवादीका एक नेताले भने, ‘हामीले समानुपातिक निर्वाचन सहितका तीन-चारवटा माग राखेर आन्दोलन गरिरहेका छौं, तर, लम्की बहुमुखी क्याम्पसमा चुनावी प्रकृयाअघि बढाइएको पाइयो, त्यसैले चुनाव नगर्न दबाब दिन यस्तो गरिएको हो ।’

अखिल क्रान्तिकारीले सामानुपाती निर्वाचन प्रणाली, फर्जी भर्ना रद्धलगायतका माग राख्दै देशभरका क्याम्पसहरुमा तालाबन्दी गर्दै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दैछ। बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे बोलाइएको हो

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल इतिहासकै कठिन परिस्थितिको सामना गर्नुपर्ने अवस्थामा पुगेका छन् । उनलाई साथ दिइरहेका

काठमाडौं । सरकारले कोरोना भाइरसविरुद्धको पहिलो मात्रा खोप लगाएकाहरुलाई आजदेखि दोस्रो मात्रा खोप दिन सुरु गरेको छ । पहिलो चरणमा

काठमाडौँ । लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख धर्मनाथ यादवले नवनियुक्त मन्त्रीहरु विजय