पुष्पलालको चिन्तनलाई साकार पार्नुपर्नेमा जोड

२५ असार २०६९, सोमबार १७:४३ मा प्रकाशित

काठमाडौ, २५ असार । पूर्वप्रधानमन्त्री एवम् पुष्पलाल स्मृति प्रतिष्ठानका अध्यक्ष माधवकुमार नेपालले पुष्पलालको चिन्तनलाई साकार पार्नुपर्नेमा जोड दिनुभएको छ । कीर्तिपुर नगरपालिका वडा नं ८ स्थित पुष्पलाल पार्क, चम्पादेवीमा पुष्प सर्जक आश्रमको आज शिलान्यास गर्दै उहॉले नेपाली कम्युनिस्ट आन्दोलनका संस्थापक पुष्पलालको सामाजिक न्याययुक्त समृद्ध नेपाल निर्माणको चाहनालाई साकार पार्नुपर्ने बताउनुभयो । नेपाली जनतालाई सार्वभौम बनाउनका लागि पुष्पलालले आरम्भ गर्नुभएको अभियानका कारण नेपाल वर्तमान अवस्थासम्म आएपुगेकामा जोड दिँदै उहॉले पुष्पलालका योगदानको कदर गर्दै प्रतिष्ठानका तर्फबाट पुष्प सर्जक आश्रम निर्माण गर्न लागिएको जानकारी गराउनुभयो । नेपालको वर्तमान राजनीतिक अन्योलता अन्त्य गर्दै राष्ट्रिय सहमति कायम गराउनका लागि प्रधानमन्त्री डा बाबुराम भट्टराई बाधक बनेको उल्लेख गर्दै उहॉले त्यसका लागि तत्काल प्रधानमन्त्रीको कुर्सी त्याग्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

बैतडी । हतौडा प्रहारबाट बैतडीमा आज एक बालकको हत्या भएको छ । दशरथचन्द नगरपालिका–१ झोकालीका १५ वर्षीय महेश भुलको हत्या

चितवनको माडी नगरपालिका–९ अयोध्याधाममा राम, सीता, लक्ष्मण र हनुमानको पूर्णकदका मूर्ति स्थापना गरिने भएपछि निर्माण कार्य तीव्ररुपमा अगाडि बढेको छ

गएराति आएको हुरीबतासले धनमालको क्षति भएको छ । प्रारम्भिक सूचनानुसार जिल्लामा ५० घरको छाना उडाएको जानकारी रेडक्रसले जनाएको छ ।

खोटाङ । जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानीका ३७ वर्षीय विज्ञान कोइरालालाई बेपत्ता भएको १९ वर्षपछि घर फर्काइएको छ । नेपालगञ्जमा भेटिनुभएका विज्ञानलाई