सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानविन आयोगको म्याद एकवर्ष थप

२८ माघ २०७३, शुक्रबार ०२:३७ मा प्रकाशित

काठमाडौं, २७ माघ । सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानविन आयोगको म्याद एकवर्षका लागि थपिएको छ ।

विहिवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रीपरिषद्को बैठकले म्याद थप्ने निर्णय गरेको हो। प्रधानमन्त्रीका नीजि सचिवालयका अनुसार आधा घण्टाका लागि बसेको बैठकले म्याद थप्ने निर्णय मात्र गरेको थियाे।

विहान साढे दश बजेका लागि बोलाईको मन्त्रीपरिषद्को बैठक विविध कारणले स्थगित भएको थियो। पछि म्याद सकिनै लागेको आयोगका लागि मात्र मन्त्रीपरिषद्को बैठक बसेको थियो। आयोगको म्याद विहिवार नै सकिन लागेको थियो। विहान बस्ने मन्त्रीपरिषद्को बैठकमा शान्ति तथा पूनः निर्माण मन्त्रालयले आयोगको म्याद थप्ने प्रस्ताव लग्ने तयारी गरेको थियो तर बैठक नै स्थगित भएपछि आयोगका पदाधिकारी निराश थिए।

मन्त्रीपरिषद्को बैठक स्थगित भएपछि आयोगका कर्मचारीले बोर्ड र नाम प्लेट समेत हटाइसकेका थिए। पछि मन्त्रीपरिषद्को आकस्मिक बैठकले म्याद एकवर्ष थपेपछि बोर्ड र नाम प्लेटहरु राखिएकाे थियाे। दुई वर्षका लागि आयोग गठन गरिएको थियो। आयोगका सदस्य मञ्चला झाले दुई वर्षमा जति काम हुनुपर्ने त्यति काम हुन नसकेको तर त्यसमा आयोग मात्रै दोषी नरहेको बताउनुभयो।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभा सदस्यबाट पदमुक्त भएका नेकपा एमालेका नेता रामबहादुर थापा बादललाई गृहमन्त्रीमै पुनः नियुक्ति गर्ने

काठमाडौं । नेपाल आयल निगमले पुनः पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । इण्डियन आयल कर्पोरेशनबाट शुक्रबार प्राप्त मूल्य सूचीअनुसार

काठमाडौं । नयाँ सत्ता समीकरणमा लगभग सहमति नजिक पुगेका तीन दल अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको अनुदान

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मोवाइल चार्ज गर्ने क्रममा विद्युत लाइनमा हाइभोल्टेज